प्रहरीसंगको झडपमा पूर्वमन्त्री मातृका यादवको अण्डकोषमा गम्भीर चोट

प्रहरीसंगको झडपमा पूर्वमन्त्री मातृका यादवको अण्डकोषमा गम्भीर चोट

२३ माघ, काठमाडौं ।

नेकपा माधव प्रचण्ड समूहले आयोजनामा भएको आम हड्तालमा प्रहरीसंगको झडपमा पूर्वमन्त्री मातृका यादवको अण्डकोषमा गम्भीर चोट लागेको छ । अण्डोषमा गम्भीर चोट लागेपछि उनलाई काठमाडौं ल्याइएकाे छ ।

बिहीबार जनकपुरधाम स्थित शिवचोकमा बजार बन्द गराउने क्रममा प्रहरी र पूर्वमन्त्री यादवको समूहबीच झडप हुँदा उनको अण्डकोषमा गम्भीर चोट लागेको हो ।प्रादेशिक अस्पताल जनकपुरमा उपचार हुँदा उनको अण्डकोषमा गम्भीर चोट पत्ता लागेको थियो । पूर्वमन्त्री यादव विगतमा पनि शारीरिक रुपमा अस्वस्थ थिए । उनी लामो समय उपचार समेत गरेर सक्रिय भएका थिए ।

उनीसँगै झडपमा घाइते प्रचण्ड–नेपाल समुहका नेता पुर्व मन्त्री रामचन्द्र झा, पूर्व मन्त्री मातृका प्रसाद यादव, धनुषाका शहिदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया यादव र प्रदिप साहलाई थप उपचारका लागि नर्भिक अस्पताल काठमाडौं रिफर गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.