अक्सफोर्ड खोप कोरोना प्रसारण रोक्न सफल

२२ माघ ७७, शुक्रबार

अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप भाइरस संक्रमण रोक्न मात्र नभई भाइरसको प्रसारण रोक्न पनि प्रभावकारी देखिएको बेलायतमा गरिएको एक अध्ययनले देखाएको छ। अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार खोपको दुबै डोज लिइसकेका व्यक्तिमा पिसिआर परीक्षण गर्दा पोजेटिभिटी दर आधाले घटेको देखिएको छ।

मेडिकल जर्नल ल्यानसेटमा मंगलबार प्रकाशित प्रतिवेदनअनुसार खोपका् दुई डोजको समय अन्तराल बढाउँदा फाइदाजनक हुने र एक डोजसमेत प्रभावकारी रहेको देखिएको छ। त्यसो त अध्ययनमा संक्रमितको सम्पर्कमा आएकाको ट्रेसिङ गरेर भाइरस प्रसारणको प्रत्यक्ष मापन गरिएको थिएन तर अनुसन्धानकर्ताले नियमित रूपमा सहभागीको नाकबाट स्वाब संकलन गरेका थिए। यसो गर्दा खोपको दुवै डोज लिएकाको पिसिआर परीक्षण गर्दा पोजेटिभिटी दर आधाले घटेको देखिएको हो।

‘समीक्षामा भाइरस प्रसारणसम्बन्धी अध्ययन समावेश गरिएको थिएन तर खोपको प्रभावकारिता हेर्न बेलायतमा गरिएको अध्ययनमा लक्षण देखिएका अथवा नदेखिएका दुवैथरी सहभागी स्वयंसेवकबाट हरेक साता स्वाब संकलन गरिएको थियो र भाइरस प्र्रसारणको सम्भावना आकलन गरिएको थियो,’ अनुसन्धानकर्ताले लेखेका छन्। ‘खोपले संक्रमणलाई मध्यम खाले प्रभाव पारेको भए पिसिआर पोजेटिभिटीमा खास परिवर्तन देखिने थिएन, अनुसन्धानकर्ताले भनेका छन्, ‘समग्रमा पिसिआर पोजेटिभिटी मापन संक्रमणको भार घटे–नघटेको हेर्न उपयोगी देखिएको छ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top