इतिहासमै पहिलोपटक एकसाथ ५० हजार मेट्रिक टन युरिया कोलकाता आइपुग्यो

२२ माघ ७७, शुक्रबार

काठमाडौं : भारतको कोलकाता बन्दगाहमा इतिहासमै पहिलोपटक एकसाथ ५० हजार मेट्रिकटन युरिया आइपुगेको छ । सरकारी अनुदानको मल आयात तथा विक्री गर्दै आएका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन दुवैको अनुभवमा यति ठूलो परिमाणमा रासायनिक मल एकैसाथ आएको यो नै पहिलो पटक हो ।

Advertisement

यति मात्र नभएर कोलकाता बन्दरगाहका लागि पनि यो पहिलो अनुभव भएको बताइएको छ । आपूर्तिकर्ता कम्पनी जोशी बीज हाउसले आयात गरेको ५० हजार मेट्रिकटन युरिया मलमध्ये २० हजार मेट्रिकटन साल्ट ट्रेडिङ कर्पोरेशनको र बाँकी ३० हजार मेट्रिकटन कृषि सामग्री कम्पनी लिमिटेडको रहेको छ ।

दुवै कम्पनीको आपूर्तिकर्ता कम्पनी एउटै रहेको र उसले एकैपटक आयात गर्दा ठूलो परिमाण देखिन गएको हो । साल्ट ट्रेडिङ कर्पोरेशनका महाप्रबन्धक कुमार राजभण्डारीका अनुसार सरकारी अनुदानको मल यति ठूलो परिमाणमा आउनु नेपालका लागि पहिलो त हो नै, कोलकाता बन्दरगाहका लागि समेत पहिलो घटना हो । ‘यसअघि मल आयात गर्दा सानोसानो परिमाणमा आयात हुन्थ्यो । यसरी ठूलो परिमाणमा आएको यो नै पहिलोपटक हो,’ उनले भने ।

Advertisement

उनका अनुसार साल्टले निरन्तर रूपमा आफ्नो जिम्मामा रहेको मल आयात गरिरहेको छ । कोलकातामा कुनै अवरोध नभएमा फागुनको दोस्रो सातासम्म साल्टले चालू आर्थिक वर्षका लागि आपूले आयात गर्न जिम्मा पाएको सबै मल आयात गरिसक्ने दाबी उनले गरे ।, यो समाचार आजको आर्थिक अभियानमा प्रशान्त खड्काले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top