विप्लव समूहसँग वार्ता गर्ने भए सरकारले प्रतिबन्ध हटाउनुपर्छः प्रचण्ड

विप्लव समूहसँग वार्ता गर्ने भए सरकारले प्रतिबन्ध हटाउनुपर्छः प्रचण्ड

२३ माघ, काठमाडौँ । नेकपा प्रचण्ड-माधव समूहले विप्लव समूहसँग वार्ता गर्ने भए सरकारले प्रतिबन्ध हटाउनुपर्ने बताएको छ ।

शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै प्रचण्ड साधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव वार्तामा आए आफूहरुको समर्थन रहने बताए ।

हिजो पनि आफूहरु विप्लवहरुलाई प्रतिबन्ध लगाउनुभन्दा मुल धारमा ल्याउन सके राम्रो भन्ने पक्षमा रहेको तर प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा छलफल नै नगरी प्रतिबन्ध लगाएको उनले बताए ।

प्रचण्डले अघि भने, ‘इमान्दारितापूवर्क वार्तामा ल्याउन चोहेका भए प्रतिबन्ध हठाउनुपर्छ । र, उहाँहरु आउने हो भने हाम्रो समर्थन रहन्छ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.