इन्टरनेटको बढ्दो प्रयोगले बालबालिकामा यौन शोषण बढ्यो

२३ माघ, काठमाडौँ । पछिल्लो समय बालबालिका माथि अनलाइन मार्फत हुने यौन शोषण बढ्दै गएको एक अध्ययनले देखाएको छ ।

Advertisement

बाल अधिकार र बाल संरक्षण सम्बन्धी काम गर्दै आएको बालअधिकारबादी संस्था सिविन नेपालले गरेको अध्ययन अनुसार नेपालमा बालबालिकाको अनलाइनमार्फत हुने यौन शोषण बढ्दै गएको देखिएको हो ।

सिविन नेपालले सन् २०२० मा सातवटै प्रदेशका ९ वर्षदेखि १९ वर्ष उमेर समूहका १७ सय १४ जना बालबालिका तथा किशोर किशोरीमा गरिएको अध्ययनबाट बालबालिमा माथि अनलाइन मार्फत हुने यौन शोषण बढ्दै गएको देखिएको सिविन नेपालकी कार्यकारी निर्देशक सुम्निमा तुलाधरले बताइन् ।

Advertisement

कोभिड १९ का कारण लकडाउन भएपछि बालबालिकाको इन्टरनेटको प्रयोग गर्ने समय बढेको र जोखिममा पर्ने सम्भावना पनि उत्तिकै बढेको उनको भनाई छ ।

बालबालिकाहरुले अनलाइन मार्फत नचिनेको मान्छेसँग सम्बन्ध गाँस्ने, यौन शोषणको सिकारमा पर्ने र यसका कारण शिक्षा र मानसिक स्वास्थ्यमा समेत असर पर्ने गरेको उनले बताइन् ।

Advertisement

अनलाइन मार्फत हुने यौन शोषणमा बालिकाको साथै बालकहरु पनि पर्ने गरेको अध्ययनले देखाएको छ । शोषणमा पर्दा सहयोग माग्ने विषयमा बालबालिका अनविज्ञ रहेको पनि पाईएको छ ।

बालबालिकालाई अनलाईनमार्फत् हुने हिंसा पनि अपराध नै हो भन्ने बुझाउन सक्नुपर्ने र बालबालिकाहरुलाई यसबारे जनचेतना जगाउन सरोकारवाला सबै सचेत हुनुपर्ने कार्यकारी निर्देशक तुलाधरले बताइन् । अनलाइनमार्फत हुने यौन शोषणबारे शिक्षा दिन विद्यालयको पाठ्यक्रममै राख्नु जरुरी रहेको उनको भनाई छ ।

सिविन नेपालले अध्ययनका क्रममा सरोकारवालाहरुसँग प्रत्यक्ष रुपमा भेटेर, अन्र्तवार्ता गरेर, समूह छलफल गरेर तथ्य निकालेको जनाएको छ । शुक्रबार सिविनले निकालेको तथ्य सार्वजनिक गरिएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top