कोशी अञ्चल अस्पताल सुधारमा महानगरपालिकाको सक्रियता

कोशी अञ्चल अस्पताल सुधारमा महानगरपालिकाको सक्रियता

विराटनगर, जेठ २३
महानगरपालिकाले कोशी अञ्चल अस्पतालको समन्वयमा अस्पताल सुधार अभियान सञ्चालन गरेको छ ।

अस्पताल प्रशासनसँगको समन्वयमा बच्चा वार्ड, फोहरमैला व्यवस्थानका साथै भौतिक संरचना सुधारका लागि तत्काल सुधार अभियान सञ्चालन गरिने भएको हो ।

महानगरले अस्पतालको आसपासको क्षेत्रमा आज पनि सरसफाइ अभियान सञ्चालन गरेको छ । विराटनगर महानगरका प्रमुख भीम पराजुलीले अस्पताललाई क्रमशः सुधार गरिँदै लगिने बताए ।

उनले अस्पतालका सुधार गर्नुपर्ने पक्षका विषयमा योजना निर्माण गरेर महानगरमा प्रस्ताव ल्याउन अस्पताल प्रशासनलाई आग्रह गरे।

सरसफाइ अभियान कार्यक्रममा विराटनगर महानगरका उपप्रमुख इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद दाहाल, कोशीअञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट रोशन पोखरेल, अस्पताल विकास समितिका प्रशासन प्रमुख नवराज लुइँटेललगायतको सहभागिता रहेको थियो ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.