कक्षा ११ को परीक्षाः सबै अधिकार विद्यालयलाई

काठमाडौँ : कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अन्तिम परीक्षा सम्बद्ध विद्यालयले नै सञ्चालन गर्ने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले यसै शैक्षिक सत्रमा कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम परीक्षा विद्यालयले नै गर्ने स्पष्ट गरेको छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बोर्डले अन्तिम परीक्षा सञ्चालन गर्ने अधिकार विद्यालयलाई नै हस्तान्तरण गरेको जानकारी दिए ।

अब पठनपाठन, आन्तरिक परीक्षा, अन्तिम परीक्षा र नतिजा प्रकाशन समेतको जिम्मेवारी विद्यालयलाई आएको छ । बोर्डका अध्यक्ष गौतमले भने, “नेपाल सरकारले कार्यविधि परिवर्तन गरेबाहेक अब बोर्डले कक्षा ११ को परीक्षा सञ्चालन गर्दैन ।” यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।

बोर्डले गत वर्षको कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम परीक्षा सञ्चालन गर्दा परीक्षा सञ्चालनसम्बन्धी कार्यविधिमार्फत सो अधिकार विद्यालयलाई दिएको थियो । कोरोना भाइरसका कारण बोर्डले राष्ट्रिय स्तरमा एकै पटक परीक्षा सञ्चालन गर्न नसकेपछि कार्यविधिमार्फत उक्त अधिकार विद्यालयलाई दिइएको हो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top