महिला लिगः आज विराटनगर र चन्द्रपुर तथा नेपाल पुलिस र वालिङ नगरपालिकाबीच खेल हुँदै

महिला लिगः आज विराटनगर र चन्द्रपुर तथा नेपाल पुलिस र वालिङ नगरपालिकाबीच खेल हुँदै

२५ माघ, काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिका खेल्दै छन् ।

खेल दिउँसो १२ बजे एन्फा कम्पलेक्स सातदोबाटोमा हुनेछ । विराटनगर ६ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा छ भने चन्द्रपुर ६ खेलमा ३ अंक जोडेर छैठौँ स्थानमा छ ।

प्रतियोगिता अन्तर्गत आजै हुने अर्को खेलमा नेपाल पुलिस क्लब र वालिङ नगरपालिका स्याङ्जा खेल्ने छन् ।

यो खेल दिउँसो ३ बजे हुनेछ । पुलिस ८ अंक जोडेर लिगको चौंथो स्थानमा छ भने वालिङ ८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.