चोभार सुक्खा बन्दरगाह अन्तिम चरणमा, वैशाखभित्रै काठमाडौंमा भन्सार जाँचपास

काठमाडौं : काठमाडौंस्थित चोभारमा निर्माण थालनी गरिएको सुक्खा बन्दरगाह आगामी ३ महीनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले बन्दरगाह निर्माणको जिम्मेवारी पाएकोमा बन्दरगाहको अन्तिम चरणको काम शुरू भएको जानकारी समितिले दिएको छ ।

२०७५ माघ ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दरगाह निर्माणको शिलान्यास गर्नुभएको थियो । डेढ वर्षभित्र काम सम्पन्न गर्ने दाबी गरिए पनि काम सम्पन्न नहुँदा गत वर्ष निर्माणका लागि १ वर्ष समयावधि थपिएको थियो ।

वैशाख १३ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने समयावधि रहेकोमा थपिएको समयावधिभित्रै निर्माण सम्पन्न हुने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । ‘तोकिएको समयमै हस्तान्तरण गर्नेगरी काम भइरहेको छ,’ उनले भने ।

Advertisement

हालसम्म सुक्खा बन्दरगाह निर्माणको ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । शुरूमा स्थानीयको विरोध, पछि कोरोनाका कारण बीचमा लामो समय काम बन्द भएकाले काम केही ढिलो भए पनि अब फिनिसिङको मात्र काम बाँकी रहेकाले समयमै काम सकिने समितिका निर्देशक युवक डंगोलले बताए । ‘माटो परीक्षण, आरसीसी ढलान, जग र बिलडिङ निर्माणमा बढी समय लाग्छ,’ उनले भने, ‘अब फिनिसिङ बाहेकका काम सकिएकाले समयावधिभन्दा अघि नै सम्पूर्ण निर्माण काम सक्ने गरी काम भइरहेको छ ।’, यो समाचार आजको आर्थिक अभियान दैनिकमा काशीराम बजगाईंले लेखेका छन् ।

Advertisement

भर्खरको समाचार

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

सम्बन्धित समाचार

Scroll to Top