निर्वाचनका लागि ८२ दिन मात्रै बाँकी, फैसला ढिलो हुँदा आयोगको काम प्रभावित

प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचारधीन मुद्दा र नेकपाको आधिकारिकतासम्बन्धी विवाद टुंगो नलाग्दा वैशाखमा गर्ने भनिएको निर्वाचनको तयारी तथा कार्यक्रम प्रभावित हुन थालेका छन् ।

निर्वाचन हुने–नहुने विषय सर्वोच्चको आदेशमा निर्भर हुन्छ । सर्वोच्चले निर्वाचनको आवश्यक तयारी रोक्न कुनै आदेश गरेको छैन । ठूलो धनराशि खर्चिएर तयारी गर्दा भोलि अदालतले निर्वाचन नहुने आदेश गरिदिए सबै शून्यमा पुग्ने अवस्था छ ।

निर्वाचन सामग्री व्यवस्थापनका लागि अहिलेस्म्म गरिसक्नुपर्ने टेन्डरका कामहरुमा आयोगले हात हाल्न सकेको छैन । आन्तरिकरुपमा निर्देशिका र नियमावली बनाउनेलगायत काम गरे पनि अरु धेरै काम अघि बढाउन नसकेको आयोग स्रोतले जनाएको छ ।

Advertisement

वैशाख १७ को निर्वाचनका लागि ८२ दिन मात्रै बाँकी छ । समयको हिसाबले आयोग दबाबमा छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अन्तिम निर्णय लिन अदालतले अझै डेढ–दुई साता लगाउने अनुमान छ । त्यस अवस्थामा फागुन पहिलो सातापछि मात्रै निर्वाचन हुने टुंगो लाग्नेछ ।

यता, सत्तारुढ दल नेकपाभित्र कायम विवादका कारण आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना नै निकाल्न सकेको छैन ।, आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top