×

NEPAL TIMES UPDATES

Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026

बिहारमा १२ वर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या

२६ माघ २०७७

२६ माघ, एजेन्सी ।
भारतको बिहारमा १२ वर्षीया एक नेपाली बालिकाको बलात्कारपछि हत्या भएको छ ।

उनको सामूहिक बलात्कारपछि हत्या भएको हो । हत्यापछि मध्यरातमा जबरजस्ती उनको शव पनि जलाइएको आफन्तले बताएका छन् । प्रारम्भिक अनुसन्धान र एक भाइरल अडियोले यो घटना स्थानीय प्रहरी चौकीका प्रमुखको मद्दतमा भएको खुलेको छ।

Advertisement
Advertisement

एसपी नविनचन्द्र झाले बिबिसी हिन्दीसँग भनेका छन्, ‘जुन अडियो भाइरल भएको छ त्यसबाट स्पष्ट हुन्छ कि प्रहरी अधिकारी संजिव कुमार रन्जनको लापर्वाही र कर्तव्यहीनता यो घटनामा छ ।

उनलाई निलम्बन गरिएको छ र अनुसन्धानका लागि उनीविरुद्ध एफआईआर दर्ता हुनेछ।’ सामूहिक बलात्कारमा परि हत्या गरिएकी बालिका मातापितासहित विगत केही वर्षदेखि बिहारको मोतिहारीको कुन्डुवा चैनपुरमा बस्दै आएका थिए । मृतक बालिकाका पिता त्यहिँ चौकीदारी गर्दै आएका थिए ।

घटनाको दिन पनि बालिकाका बाबु चौकीदारीका लागि गएका थिए । उनीहरु नेपालको बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नम्बर ३ का रहेको खुलेको छ ।

श्रीमती काम विशेषले नेपाल आएको र छोरा बजार गएका बेला घरमा छोरी एक्लै भएको बखत घटना भएको हो। बालिकाका पिताका अनुसार यो घटना २१ जनवरीको हो । त्यसदिन उनी छोरीलाई कोठामै राखेर काममा गएका थिए।

पूर्वी चम्पारणको सिकहता, अनुमण्डल पदाधिकारीलाई मृतकका बाबुको तर्फबाट दिइएको उजुरीका भनिएको छ ‘साँझ ४ बजे जब मेरो छोरा बजारबाट फर्किरहेको थियो त्यतिबेला हाम्रो घरबेटी सियाराम साहले उनलाई रोके ।

तर मेरो छोरा उनको कुरा नसुनेर घर पुगेपछि दिदी जमिनमा लडिरेहेको देखेपछि मलाई खबर प्राप्त भयो । म तुरुन्तै घर पुगेर हेर्दा छोरी भुईँमा लडेकी थिइन् उसको घाँटीमा निलडाम थियो ।

मैले उनलाई उपचारका लागि स्थानीय मेडिकलमा लगेँ तर कसैले उपचार गरेनन्।’ उनका अनुसार त्यसपछि केही मानिसहरु जम्मा भए र उनीहरुले शव जलाउनका लागि दबाब दिन थाले।

उजुरीमा उल्लेख भए अनुसार ‘देबेन्द्र कुमार साहले शव जलाउन दबाब दिँदै अन्यथा बाउछोरा दुवैको हत्या गरेर नेपालमा फालीदिने धम्की दिए । त्यसपछि एक सादा कागजमा औँठा छाप लगाइयो र राति १२ बजे जबर्जस्ती पोखररोडको सडक निनारमा नुन र चिनी राखेर शव जलाइयो ।

अर्को दिन बिहान हुनेबित्तिकै मलाई नेपालतर्फ धपाइयो।’ २१ जनवरीमा भएको यो घटनाको उजुरी फेब्रुअरी २ मा दर्ता भएको छ । जम्मा ११ जनाका विरुद्ध उजुरी दर्ता भएको छ।

जसमध्ये चारजना अभियुक्त विनय साह, दिपककुमार साह, रमेश साह देवेन्द्र कुमार साहमाथि सामूहिक बलात्कार र हत्याको आरोप छ। अन्य सातजना जसमा घरधनी सियारामसाह पनि संलग्न छन् उनीहरुलाई जबरजस्ती शव जलाएर प्रमाण नष्ट गरेको आरोप लगाइएको छ।

यो घटनाको एफआईआर दर्ता भएलगत्तै फेब्रुअरी ५ मा एक अडियो भाइरल भएको छ जसमा २१ जनवरीमा कुन्डवा चैनपुरका चौकी प्रमुख संजिव कुमार रन्जनले एक अभियुक्त रमेश साहसँग कुरा गरेका छन्।

उक्त कुराकानीमा रन्जन अभियुत्त रमेशसँग भन्छन्, ‘शवको व्यवस्था गर र केटी चिसोले मरेको कागज बनाउ ।’ एसपी नवीनचन्द्र झाका अनुसार यो घटनामा दुईजना अभियुक्त पक्राउ परेका छन्।

Advertisement

अन्यको खोजी भइरहेको छ। बारबर्दिया नगरपालिकाका प्रवक्ता दुर्गात्रबहादुर बिकले घटना भएको थाहापाएलगत्तै आफूहरुले पीडित परिवारको न्यायका लागि पहल गरिरहेको बताए।

भर्खरको समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

सम्बन्धित खबरहरु

Scroll to Top