कोरोना कालमा रेमिट्यान्स धेरै भित्रियो, रोजगारीमा जाने घटे

२६ माघ ७७, मंगलबार

काठमाडौं: चालु आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा झन्डै ५ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । सो अवधिमा ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय अवस्था’मा उल्लेख भएअनुसार समीक्षा अवधिमा रेमिट्यान्स दर ११ दशमलव १ प्रतिशतले बढेको छ ।

विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को त्रास हुनुअघिको अवस्थाभन्दा अहिले नेपाल भित्रिने रेमिट्यान्स रकममा निकै सुधार देखिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स (विप्रेषण आप्रवाह) शून्य दशमलव ६ प्रतिशतले मात्रै बढेको थियो । यसलाई अमेरिकी डलरमा हिसाब गर्दा नेपाल भित्रिने विप्रेषण आप्रवाह दर ६ दशमलव ७ प्रतिशतले वृद्धि भई ४ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह शून्य दशमलव ९ प्रतिशतले बढेको थियो ।

रेमिट्यान्स आप्रवाह ११ प्रतिशतले बढे पनि वैदेशिक रोजगारीमा जानेहरूको अवस्था भने यस अवधिमा निकै कमजोर देखिएको छ । चालु आवको ६ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपाली कामदारको संख्या ७७ दशमलव ६ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १७ दशमलव ७ प्रतिशतले बढेको थियो ।

Advertisement

यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिएर विभिन्न मुलुकतर्फ जाने नेपाली कामदारको संख्या यस अवधिमा ६८ दशमलव ९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या शून्य दशमलव ५ प्रतिशतले बढेको थियो । अहिले कोरोना महामारीको प्रभावका कारण वैदेशिक रोजगारीमा जानेहरूको संख्या घटेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।,यो खबर आजको राजधानी दैनिकमा छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top