‘कांग्रेसको प्राथमिकता संविधान रक्षा’

२६ माघ ७७, मंगलबार

वीरगन्ज: वर्तमान राजनीतिक संकटका समयमा नेपाली कांग्रेस पार्टीको प्राथमिकता संविधानको रक्षा रहेको पार्टीका उपसभापति विमलेन्द्र निधिले बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछि अहिले देखिएको संकट टार्न कांग्रेसले संवैधानिक उपायको पक्षमा रहेको वीरगन्जमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले बताए। ‘दुईवटा बाटो छ, हामीसँग,’ नेता निधिले भने, ‘देशलाई प्रतिनिधिसभाविहीन राख्न सकिँदैन, प्रतिनिधिसभा प्राप्त गर्ने अहिले दुई बाटो छ, पहिलो हो त्यसको पुनःबहाली र अर्को हो चुनाव।’

प्रेस युनियन पर्साले आयोजन गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वउपप्रधानमन्त्री निधिले देशलाई निकास दिलाउने सामर्थ कांग्रेससँग मात्र रहेको दाबी गरे। आगामी निर्वाचनमा नेपाली कांग्रेसले संघीय संसद्, प्रदेश र स्थानीय तह सबै ठाउँमा चुनाव जित्ने ठोकुवा गरे। कम्युनिस्ट पार्टी, मधेसवादी भनिएका दल वा अन्य नाममा खुलेको दलका कारण नभई कांग्रेसीकै कारण कांग्रेसले हार बेहोर्ने गरेको विगत सम्झिादै उनले आउँदो चुनावका त्यो अवस्थाको अन्त्य हुने दाबी गरे। नेपाली कांग्रेस प्रतिनिधिसभा पुनर्बहालीको पक्षमा रहे पनि त्यो हुन नसकेको खण्डमा चुनावमै जानु परे पनि पार्टी तयार रहेको उनले बताए। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अहिले अदालतले के फैसला दिन्छ त्यसको पर्खाइमा हरेको उनले बताए।, यो खबर आजको नागरिक दैनिकमा छ ।

Advertisement

भर्खरको समाचार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

सम्बन्धित समाचार

Scroll to Top