ह्याकरको उपद्रोः खानेपानीमा विषाक्त पदार्थको मात्रा बढाउने प्रयास

२६ माघ ७७, मंगलबार

२७ माघ, एजेन्सी ।
अमेरिकाको फ्लोरिडाको एक शहरको खानेपानी वितरण प्रणालीमा पहुँच पुर्‍याउन सफल भएका कम्प्युटर ह्याकरले पानीमा विषाक्त पदार्थको मात्रा बढाउने प्रयास गरेको खुलेको छ।

स्थानीय अधिकारीका अनुसार ओल्डस्मार शहरको खानेपानी वितरण प्रणालीको कम्प्युटर सिस्टममा प्रवेश गरेर ती ह्याकरले पानीमा सोडियम हाइड्रोक्साइडको मात्रा केही समय बढाएका थिए।

तर खानेपानीका कर्मचारीले सो कुरा तत्कालै थाहा पाएर समस्या समाधान गरेको स्थानीय अधिकारीलाई उद्धृत गरि अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

Advertisement

पानीमा एसिडिटीको मात्रा नियन्त्रण गर्नका लागि सोडियम हाइड्रोक्साइड सीमित मात्रामा प्रयोग गरिन्छ। तर त्यसो प्रयोग अधिक भएमा पानीमा गम्भीर समस्या सिर्जना गरि मानव स्वास्थ्यका लागि घातक हुन जान्छ।

ओल्डस्मारका मेयर एरिक सिडेलले खराब नियत भएको व्यक्तिले ‘आपराधिक’ कार्यको प्रयास गरेको बताएका छन्। अहिलेसम्म सो घटनालाई लिएर कोही पनि पक्राउ परेका छैनन्।

Advertisement

यस्तै अमेरिका भित्र वा बाहिरबाट ह्याक भएको हो भन्ने पनि खुलेको छैन। गएको शुक्रबार ह्याकरले ओल्डस्मार शहरको वाटर ट्रिटमेन्ट सिस्टममा केही छिन आफ्नो पहूँच कायम गर्न सफल भएको मेयरले बताए।

बिहान भएको त्यस्तो प्रयास प्लान्ट अपरेटरले देखे पनि सुभरभाइजरले केही कारणबस गरेको हुन सक्ने ठानेको टाम्पा बे टाइम्सले उल्लेख गरेको छ।

तर दिउँसो पनि ह्याकरले सो प्रयास गरेर सोडियम हाइड्रोक्साइडको मात्रा प्रति मिलियन १०० पार्ट्सबाट ११,१०० पिपिएम बनाएका थिए। अपरेटरले तत्कालै सो मात्रा सामान्यमा झारेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top