२७ माघ, एजेन्सी । भारतको उत्तराखण्डमा बाढीमा परेर ज्यान गुमाउनेको संख्या २६ पुगेको छ ।
अहिलेसम्म २६ जनाको शव भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बाढीमा परेर अझै १ सय ७१ जना हराइरहेका छन् । यस्तै निर्माण भइरहेको सुरुङमा ३० देखि ३५ जना फसेको आशङ्कामा उद्धारको प्रयास भइरहेको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले बताए ।
सुरुङलाई रातभरि खोल्ने प्रयास गरिए पनि कसैसँग पनि सम्पर्क हुन नसकेको खबरमा उल्लेख गरिएको छ ।
