विदेशी लगानी भित्र्याउन पूर्व स्वीकृति लिनु नपर्ने राष्ट्र बैंकको प्रस्ताव

२७ माघ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी लगानी (रकम) भित्र्याउन पूर्व स्वीकृति लिनु नपर्ने गरी नयाँ विनियमावली तयार पारेको छ ।

Advertisement

राष्ट्र बैंकको विदेशी विनिमय विभागले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७७ तयार पार्दै विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिनु नपर्ने व्यवस्था प्रस्ताव गरेको हो ।

राष्ट्र बैंकले सर्वसाधारण तथा सरोकारवालाहरुको जानकारीका लागि मंगलबार सार्वजनिक गर्दैछ । विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले मस्यौदा तयार भएको र सरोकारवालाहरुको सुझाव समेत समेटेर यसलाई अन्तिम रुप दिइने जानकारी दिए ।

Advertisement

नियमावलीमा विदेशी लगानी हुने कम्पनी तथा उद्योगमा कम्पनी तथा उद्योग दर्ता लगायतका सम्भाव्यता अध्ययन खर्च र पूर्व सञ्चालन खर्च बापतको विदेशी मुद्रा इच्छुक विदेशी लगानीकर्ताले बैंकिङ प्रणालीमार्फत नेपाल पठाउन वा भित्र्याउन विदेशी लगानीको पूर्व स्वीकति वा राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने नियमावलीमा उल्लेख गरिएको छ ।

यसैगरी विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरे पश्चात सो वापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति समेत लिनु नपर्ने तर, विदेशी लगानी स्वीकृत भए पश्चात विदेशी मुद्रा भित्र्याउनुपूर्व तोकिएको ढाँचामा लिखित जानकारी दिए पुग्ने व्यवस्था समेत प्रस्ताव गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top