राष्ट्रिय महिला लिग फुटबलमा पुलिससँग विराटनगर ३–० ले पराजित

२७ माघ ७७, बुधबार

२७ माघ, काठमाडाैँ ।

विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा मंगलबार जित निकालेका छन् । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा मंगलबार सम्पन्न दिनको पहिलो खेलमा आर्मीले वालिङ नगरपालिका स्याङ्जालाई २–० ले पराजित गर्दा अर्को खेलमा पुलिसले विराटनगर महानगरपालिकालाई ३–० ले पराजित गर्दा मंगलबार विभागीय टोलीले जित निकालेका हुन् ।

आर्मीले १० खेलाडीमा सिमित स्याङ्जाको वालिङलाई २–० गोल अन्तरले पराजित गर्दा शर्मिला थापा र विमला चौधरीले एक एक गोल गरे । पहिलो मिनेटमा नै शर्मिलाको गोलबाट अग्रता लिएको आर्मीका लागि ४३ औं मिनेटमा विमलाले गोल थप्दै टोलीको जित सुनिश्चित गरेकी थिइन् । जितसंगै आर्मीले ८ खेलमा १९ अंक जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा रहेको छ । वालिङ ८ खेलमा ११ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

Advertisement

यता पुलिसलाई जित दिलाउनका लागि निरु थापाका दुई गोल रह्यो भने निर्मला उपाध्यायको नाममा एक गोल रह्यो ।४१ औं मिनेटमा निर्मालाको गोलबाट अग्रता लिएको पुलिसका लागि निरुले ५७ औं मिनेटमा गोल थप्दै टोलीको अग्रता दोब्बर बनाएकी थिइन् । लगत्तै दुई मिनेट पछि नै निरुले गोल गर्दै टोलीको अग्रता ३–० मा पु¥याँदा जित निश्चित भएको हो ।

जितसंगै पुलिसले विराटनगरविरुद्ध अघिल्लो खेलमा व्यहोरेको बदला समेत लिएको छ । यस अघिको भेटमा पुलिस विराटनगरसँग १–० ले पराजित भएको थियो । विराटनगरलाई हराएसँगै पुलिस लिगको चौंथो स्थानमा उक्लिएको छ । पुलिसले ८ खेलमा ११ अंक जोडेको छ । विराटनगर ८ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top