×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

टाईगर कप क्लब भलिबल च्याम्पियन्सीप पोखरामा सुरु

२७ माघ २०७७

२७ माघ, पाेखरा ।

एपिएफलाई हराउँदै नेपाल पुलिसले पोखरामा मंगलबारबाट सुरु भएको टाईगर कप क्लब च्याम्पियन्सीपमा सुखद सुरुआत गर्दा होङ्वान्जी न्यु डायमन्ड एकेडेमीले त्रिभुवन आर्मीमाथि संघर्षपूर्ण जित निकालेका छ । मंगलबारको विहानको पहिलो खेलमा एपीएफ नेपाल पुलिस क्लबसँग सोझो सेटमा पराजित भएको हो ।

Advertisement
Advertisement

पहिलो सेट निकै प्रतिस्पर्धात्मक पुलिसले २६–२४ ले बाजी मारेको थियो । दोस्रो सेट पछि नेपाल पुलिसले अग्रता लिदैं २५–२२ को स्थितिमा आफनो पक्षमा पार्दै एपीएफ विरुद्ध जित नजिक पुगेको थियो । अन्तिम सेट पनि एपीएफलाई कुनै मौका नै नदिई पुलिसले २५–११ को सेटमा पराजित गर्दै क्लब च्याम्पियनसिपमा आफनो सुखद शुरुवात गर्यो । दिनको दोस्रो खेलमा नेपाल आर्मीले दोस्रो र तेस्रो सेट आफनो पक्षमा पार्दै जितको सम्भावना देखाएपनि अन्तत न्यु डायमण्ड एकेडेमीले पाँचौ सेट सम्मको खेलमा स्कोर निकाल्दा नसक्दा पराजित हुन पुगेको हो ।

पहिलो सेट न्यु डायमण्डले २५–१२ मा लिदैं आर्मीमाथि हावी हुने संकेत देखायो । तर दोस्रो सेटमा भने आर्मीले लय समात्यो । २२–२५ को अवस्थामा डायमण्डले आर्मीलाई सेट सुम्पिदैं बराबरीमा रह्यो । १–१ सेट लिएको अवस्थामा तेस्रो सेट प्रतिस्पर्धात्मक बन्ने अपेक्षा थियो । डायमण्ड एकेडेमीले आर्मीमाथि दबास सृजना गर्दै २५–१८ मा सेट लिदैं सेटमा आग्रता बनाउन पुग्यो । चौथो सेट भने आर्मीले आफनो पक्षमा पार्दै निर्णायक सेटसम्म खेल धकेलिएको थियो । २५–२७ मा डायमण्डले गुमाउँदै आर्मीसँग निर्णायक सेटसम्म कुर्नुपर्यो । तर अन्तिम सेट पनि निकै प्रतिस्पर्धात्मक रह्यो । १५–१३ ले लिदैं आर्मीमाथि डायमण्डले जित दर्ता गर्दै क्लब च्याम्पियनसिपमा गतिलो शुरुवात गर्यो ।

Advertisement

टाईगर कप क्लब च्याम्पियनसिपमा मंगलबार पुरुष तर्फको प्रतिस्पर्धामा भने गण्डकी प्रदेश घरेलु कोर्टमा नेपाल पुलिस क्लबसँग पराजित भएको छ ।  पोखरा रंगशालामा आयोजित क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै तीन अंक जोड्यो । पहिलो सेट २७–२५ को स्थिति पु¥याउँदै प्रतिस्पर्धामा गरेको गण्डकी प्रदेश दोस्रो र तेस्रो सेटमा निरिह देखियो । दोस्रो सेट २५–२१ र तेस्रो सेटमा २५–२२ ले गुमाउँदै गण्डकी प्रदेशले उद्घाटन खेल पुलिसलाई सुम्पिन बाध्य बन्यो ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top