विप्लव माओवादी संगठन विस्तारमा

डडेल्धुरा: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले डडेल्धुराका ग्रामीण क्षेत्रहरुमा संगठन विस्तारमा तीव्रता लिएको छ ।

सो पार्टीका भ्रातृ संगठनहरुसमेत सक्रियताका साथ संगठन विस्तार अभियानमा जुटेका छन् ।मंगलबार बैतडीको दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि निर्मम हत्या प्रकरणविरुद्ध ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी समर्थित अखिल क्रान्तिकारीले आलिताल गाउँपालिकामा प्रदर्शन गरेको छ ।

संगठन विस्तार अभियानका क्रममा बैतडीमा भएको जघन्य अपराधको घटनामा संलग्नहरुलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरिएको अखिल क्रान्तिकारी डडेल्धुराका अध्यक्ष शंकर खातीले बताउनुभयो । उहाँले हाल जिल्लाभरका विद्यालयमा संगठन बिस्तार भइरहेको जानकारी दिनुभयो ।विप्लवको पार्टीले जिल्लाका अधिकांश स्थानीय तहका वडाहरुमा वडा कमिटी, बस्ती स्तरमा टोल कमिटी र भ्रातृ तथा जनवर्गीय संगठनहरु गठन र पुनर्गठनको काम गरिरहेको सो पार्टीका जिल्ला सेक्रेटरी टीका राना ‘विजय’ले जानकारी दिनुभयो ।

Advertisement

उहाँले केन्द्रमा सरकारसँग वार्ताको वातावरण बन्न थालेकाले हाल संगठन विस्तार अभियान सञ्चालन गरिएको बताउनुभयो ।सरकारसँग वार्ता गरेर पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउने पक्षमा ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेको जिल्लास्तरीय नेताहरुको बुझाइ छ ।, यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top