आयोगलाई ओलीले भने – पहिलो अध्यक्ष हुँ, मेरो एकल हस्ताक्षर मान्य नहुने हुँदैन

२८ माघ २०७७, बुधबार
Share this
824shares

प्रधानमन्‍त्री केपी शर्मा ओलीले निर्वाचनको समयमा दलभित्रको विवादमा प्रवेश गर्न नहुने बताएका छन्। निर्वाचनको तयारी बुझ्न मंगलबार आयोग पुगेका ओलीले आयुक्तहरूसँग यस्तो बताएका हुन्।

Advertisement

प्रधानमन्त्री ओलीले आफूले ६४ प्रतिशत मतको प्रतिनिधित्व गरेर प्रतिनिधिसभा विघटनको सिफारिस गरेको जिकिर आयोगमा गरे। छलफलका क्रममा २०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा बनेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले आयोगले जेठ २३ गते नै यससम्बन्धी सूचना जारी गरेको स्मरणसमेत गराएका थिए।

‘म एउटै दलको संसदीय दलको नेताका हैसियतले प्रधानमन्‍त्री भएको थिएँ। पुस ५ गते मेरो सिफारिसमा प्रतिनिधिसभा विघटन हुँदासम्म मेरो त्यो हैसियत कायमै थियो,’ ओलीले आयोगका पदाधिकारीसँग भने, ‘पहिलो अध्यक्ष हुँ। मेरो एकल हस्ताक्षर मान्य नहुने हुँदैन। केही मान्छे बाहिरिएको हो। अहिले आएर विवाद गर्न मिल्दैन।’

Advertisement

प्रधानमन्त्री ओलीले मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयबारे आयोगलाई जानकारी गराएका थिए ।, आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top