२८ माघ, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका नेता झलनाथ खनालले प्रधानमन्त्री प्रतिगमन विरुद्धको आन्दोलनले केपी ओलीको तानाशाहलाई समाप्त पार्ने चेतावनी दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले विहिबार काठमाडाँैमा गरेको विरोधसभालाई सम्बोधन गर्दे नेता खनालले शान्तिपुर्ण आन्दोलनको आवाज नसुने आन्दोलनको आगोले ओलीको तानाशालाई समाप्त पार्ने धारणा राखेका हुन् ।
प्रतिगमन विरुद्धको आन्दोलनमा सबै वर्ग तह र नागरिक समाज पनि सहभागी भएकाले यो आन्दोलनको आवाज सुनिएन भने ठूलो आगो दन्किने चेतावनी उनले दिए । उनले भने “यो आन्दोलनको आवाज सुनिएन भने ६२÷६३ को भन्दा ठूलो आगो दन्किने छ । जनआन्दोलनको आगो दन्किने छ । आगोले केपी ओलीको तानाशाहीलाई समाप्त पारी छोड्ने छ । ”प्रधानमन्त्री केपी ओलीले बैशाखमा चुनाव गराउने र आफुले दुई तिहाई बहुमत ल्याउने भन्दै आएकोमा व्यंग्य गर्दै उनले आगामी निर्वाचनमा ओलीको जमानत जफत हुने ठोकुवा गरे । उनले भने “ आज हामी केपी ओलीलाई भन्न चाहन्छौ– मिस्टर केपी ओली ! तपाईका खुट्टी हेर्दै पत्यायौ । अब तपाईले दुई तिहाई होइन तपाईले जमानत जफत हुनुहुनेछ । दुई बर्ष पछि देशमा चुनाव हुन्छ । दुई बर्ष पछिको चुनावमा हेर्नुहोला मेची देखि महाकाली सम्मका १ सय ६५ सिटहरुमा तपाईको जमानत जफत हुदैछ । हामी आजै घोषणा गर्न चाहन्छौ । ”
अहिलेको आन्दोलन नेकपाको दुई तिहाई गुटको आन्दोलन नभएको र प्रतिक्रान्ति र तानाशाही केपी ओलीका विरुद्ध भएको भन्दै उनले आन्दोलनको बेग नरोकिने बताए । उनले भने “केपी ओली अहिले राजनीतिक र सैद्धान्तिक रुपले पराजित भईसकेका छन् । पशुपतिमा गएर संकल्प पुजा गर्ने अवस्थामा पुगिसकेका छन् । उनलाई अब माक्र्सवादमाथि विश्वास छैन , विज्ञानमाथि विश्वास छैन र भविष्यमाथि पनि विश्वास छैन । उनको अब पशुपतिनाथको मुर्तिसंग मात्र विश्वास छ । ” सबैलाई संयुक्त आन्दोलनमा एकजुट भएर संघर्षलाई बिजयको विन्दुमा पुर्याउन पनि उनले सबैलाई आव्हान गरे । प्रधानमन्त्री ओलीले निर्वाचन आयोग र आयुक्तहरुलाई धम्क्याउने काम गरेकाले पार्टीको आधिकारिताको निर्णय गर्न आयुक्तहरुलाई सकस परेको उल्लेख गर्दै उनले आधिकारिक पार्टी आफुहरु नै रहेकाले कानुन,प्रक्रिया मिलाएर छिट्ै घोषणा गर्न आग्रह गरे ।