कोरोनाभाइरसका नयाँ दुई प्रकारको पुष्टि : विश्व स्वास्थ्य संगठन

२८ माघ ७७, बिहीबार

२८ माघ, एजेन्सी ।
विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको नयाँ प्रजाति विश्वका ८६ राष्ट्रमा पुगेको जनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बेलायतमा सेप्टेम्बर २० मा पहिलो पटक पुष्टि भएको कोरोनाभाइरसको नयाँ प्रजाति बी.१.१.७ विश्वका ८६ राष्ट्रमा पुगेको हाे ।

नेपालमा भने बी.१.१.७ कोरोनाभाइरस माघ पहिलो साता पुष्टि भएको हो । बेलायतबाट फर्किएका तीन जनामा उक्त भाइरसको सङ्क्रमणको पुष्टि भएको थियो । त्यसयता कोरोनाभाइरसको नयाँ प्रकारबाट सङ्क्रमित भएकाहरुको तथ्याङ्क सार्वजनिक भएको छैन् ।

प्रारम्भिक अध्ययनमा कोरोनाभाइरसको नयाँ प्रजाति साबिकको भन्दा बढी सङ्क्रामक र केही हदसम्म स्वास्थ्य अवस्थामा बढी जटिलता ल्याउने पाइएको छ । सीएनएनका अनुसार पछिल्लो साता कोरोनाभाइरसको नयाँ प्रकार सङ्क्रमित बिरामी थप छ राष्ट्रमा पुष्टि भएको छ । गत् डिसेम्बर १४ मा बेलायतमा परीक्षण गरिएको नमूनामा ६३ प्रतिशत सङ्क्रमितमा नयाँ प्रकारको कोरोनाभाइरस पुष्टि भएकोमा गत् सोमबारसम्म उक्त सङ्क्रमितको ९० प्रतिशत नयाँ भाइरसको सङ्क्रमणको पुष्टि भएको छ ।

Advertisement

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसका थप दुई प्रकार तीब्र रुपमा फैलिरहेको जनाउँदै उक्त नयाँ प्रकारबारे अनुसन्धान भइरहेको जनाएको छ । जसलाई बी.१.३५१ र पी१ नाम दिइएको छ । बी.१.३५१ पहिलो पटक दक्षिण अफ्रिकामा पुष्टि भएको छ । पी.१ ब्राजिलमा पुष्टि भएको हो ।

गत् सोमबारसम्म दक्षिण अफ्रिकामा पहिलो पटक पुष्टि भएको बी.१.३५१ कोरोनाभाइरस विश्वका ४४ राष्ट्रसम्म पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । ब्राजिलमा पाइएको पी.१ भने १५ राष्ट्रमा पुष्टि भएको संगठनले उल्लेख गरेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top