×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मङ्गल अभियानः यूएई, चीन र अमेरिकाका अन्तरिक्षयानहरू किन एकै समयमा रातो ग्रहमा ?

२९ माघ २०७७

२९ माघ, बीबीसी ।
आगामी केही दिनहरू मङ्गल ग्रहसम्बन्धी अनुसन्धानका लागि एकदमै व्यस्त दिनका रूपमा रहनेछन्।

रातो ग्रह पनि भनिने मङ्गलको कक्षमा मङ्गलवार संयुक्त अरब एमिरेट्स र बुधवार चीनले आफ्ना अन्तरिक्ष यान पठाएका छन् भने अमेरिकाले पनि यसै महिना आफ्नो यान पठाउन लागेको छ।

Advertisement
Advertisement

यी अन्तरिक्ष अभियानको उद्देश्य मङ्गल ग्रहको भूबनोट तथा वायुमण्डलबारे अध्ययन गर्ने र प्राचीन सूक्ष्मजीवको अस्तित्वका सम्भावित सङ्केतहरू पत्ता लगाउने रहेको छ।

यूएईले आफ्नो यान पठाएको भोलिपल्ट चीनको तिआन्वेन–१ यान मङ्गल ग्रहको कक्षमा प्रवेश गरेको छ भने अमेरिकी अन्तरिक्ष संस्था नासाको पर्सभीअरन्स अभियान फेब्रुअरी १८ तारिखमा त्यहाँ पुग्नेछ। यी अभियानहरूले मङ्गल ग्रह र पृथ्वीबीचको दूरी कम भएको अवसरको सदुपयोग गरिरहेका छन्।

यी दुई ग्रहबीचको दूरी निरन्तर परिवर्तन भइरहन्छ किनकि तिनको सूर्यको परिक्रमा गर्ने गति फरक हुन्छ। तर अरू मङ्गल अभियानहरूमा जस्तै यी तीनवटा यानले पनि सेभन मिनट्स अफ टेरर अर्थात् मङ्गल ग्रहको माथिल्लो वायुमण्डलबाट सतहमा यान अवतरण गर्दा लाग्ने समयसहितका कठिन चुनौतीहरूको सामना गर्नुपर्नेछ।

विगतमा मङ्गल ग्रहलक्षित आधाभन्दा बढी अन्तरिक्ष अभियान विफल भएका छन्। उसोभए यसपटक वैज्ञानिकहरूले के गरिरहेका छन् र उनीहरूले यी अभियानमार्फत् के पत्ता लगाउने योजना बनाइरहेका छन्?

यूएईको होप अभियान

यूएईको मङ्गल ग्रहसम्बन्धी ऐतिहासिक अभियान गत वर्षको जुलाई महिनामा जापानबाट सुरु भएको थियो।

पृथ्वीबाट झन्डै ५० करोड किलोमिटर यात्रा गरेको यूएईको यान मङ्गलवार मङ्गल ग्रहको गुरुत्वाकर्षण क्षेत्रमा प्रवेश गरिसकेको छ। अरब जगत्‌को यो पहिलो अन्तरिक्ष अभियान हो।

होप अर्थात्‌ विश्वास नामक अभियानअन्तर्गत सो यानले मङ्गल ग्रहको मौसमको प्रवृत्तिबारे विवरणहरू सङ्कलन गर्नेछ। यो अभियानअन्तर्गत मङ्गलको वायुमण्डलबारे ती कुराहरू पत्ता लगाउने प्रयास गरिनेछ जुन कुरा अघिल्ला अभियानले गरेका थिएनन्।

खासगरी मङ्गल ग्रहले आफूसँग भएको अधिकांश वायु कसरी गुमाउन पुग्यो भन्नेबारे यसले हामीलाई थप कुरा बुझ्न सघाउनेछ। आउँदो सेप्टेम्बर महिनादेखि त्यहाँबाट पृथ्वीमा विवरणहरू आउन थाल्नेछन्। बीबीसीका विज्ञान संवाददाता जोनाथन एमोस यूएईको होप अभियान वैज्ञानिक प्रयासभन्दा अझ बढी कुरा भएको बताउँछन्।

यसलाई उत्प्रेरणाको एउटा वाहनको रूपमा हेरिएको छ जसले यूएईका थप युवाहरूलाई विद्यालय तहदेखि उच्च तहसम्मको शिक्षामा विज्ञानप्रति आकर्षित गर्नेछ, उनले भने।

यसअघि संयुक्त राज्य अमेरिका, भारत, पूर्वसोभियत सङ्घ र युरोपेली अन्तरिक्ष संस्था मात्रै सफलतापूर्वक मङ्गल ग्रहसम्म पुगेका थिए। मङ्गल ग्रहमा होप पुग्नु र यूएई स्थापना भएको ५० औँ वर्षमा पुग्नु एउटै समय परेको छ।

चीनको तिआन्वेन–१ अभियान

स्वर्गलाई प्रश्नहरू भन्ने अर्थ रहेको चीनको पहिलो मङ्गल ग्रह अन्वेषण अभियानअन्तर्गत यान खासमा अर्को तीन महिनासम्म अवतरण गर्नेछैन।

अवतरण गराउनुअघि इन्जिनियरहरूले वायुमण्डलीय अवस्थाको लेखाजोखा गर्नेछन्। मङ्गलमा अवतरण गर्नुअघि २०,००० किलोमिटर प्रतिघण्टाको प्रवेशगतिलाई घटाएर हिँड्दाको गतिमा ल्याउनुपर्ने चुनौती छ।

चीनले २४० किलोग्राम तौल भएको रोभरलाई यूटोपीआ बेसिनको समथर भूभागमा मे महिनाभित्र अवतरण गराउने अपेक्षा गरेको छ। उक्त रोभरले दोबार्न मिल्ने सौर्य फलकबाट ऊर्जा सङ्कलन गर्छ।

त्यसले उक्त क्षेत्रको र त्यसको सहतमुनिको भौगर्भिक अध्ययन गर्नेछ। उक्त रोभरको अग्लो लट्ठामा क्यामराहरू जडान गरिएको छ। तिनले तस्बिर खिच्ने र यताउता गर्न दिशा पत्ता लगाउन सहयोग गर्छन्।

अरू पाँचवटा उपकरणले त्यहाँका ढुङ्गामा खनिज पदार्थको परीक्षण र हिउँ भए नभएको आकलन गर्छन्। चिनियाँ वैज्ञानिकहरूले यो रोबटबाट कम्तीमा ९० दिन काम गराउन चाहेका छन्।

अहिलेसम्म मङ्गल ग्रहमा लामो समय अभियान चलाउन अमेरिकीहरूले मात्रै सकेका छन्। तियान्वेन–१ ले मङ्गलमा खिचेको तस्बिर पृथ्वीमा पठाइसकेको छ। त्यो तस्बिर मङ्गल ग्रहदेखि २२ लाख किलोमिटर परबाट खिचिएको थियो।

तिआन्वेन–१ मङ्गल ग्रहमा पुग्ने चीनको पहिलो प्रयास भने होइन। यसअघि सन् २०११ मा रुससँग मिलेर उसले अगाडि बढाएको अभियान प्रक्षेपण गर्ने क्रममा विफल भएको थियो। तर चन्द्रमामा दुईवटा रोभर पठाएपछि चीनको आत्मबल बढेको छ।

अमेरिकाको पर्सभीअरन्स अभियान

नासाको पर्सभीअरन्सले मङ्गल ग्रहमा रहेको प्राचीन सूक्ष्मजीवको अस्तित्वका प्रमाणहरू खोज्नेछ।

त्यसले चट्टानका नमुनाहरू सङ्कलन गर्नेछ जसबाट मङ्गलमा जीवन थियो वा थिएन भन्नेबारे अमूल्य सङ्केतहरू दिनेछन्। अर्को ग्रहमा हालसम्म पठाइएकामध्ये सबैभन्दा ठूलो र परिष्कृत यान फेब्रुअरी १८ तारिखमा जीएमटीअनुसार राति ९ बजे जेजेरो भनिने टेक्वटोरीअल क्रेटरनजिकै अवतरण गर्नेछ।

त्यहाँ सर्वत्र खतरा छ। यान अवतरण गर्ने ठाउँको बीचमा ६० देखि ८० मिटर अग्लो भीर छ। यदि तपाईँ पश्चिमतिर हेर्नुहुन्छ भने ज्वालामुखीहरूका मुख छन्, यदि हामीले सफलतापूर्वक अवतरण गराउन सक्यौँ भने पनि त्यहाँबाट यान निस्किन सक्दैन।

अनि पूर्वतिरको कुरा गर्नुपर्दा ठूला चट्टानहरू छन् त्यहाँ पनि यानलाई सजिलो हुनेछैन, उनले बीबीसी न्यूजलाई भने। रोभरको आकार एउटा गाडीजत्रै छ र त्यसको तौल एक मेट्रिक टन छ।

यो प्रतिदिन २०० मिटर गुड्न सक्छ। त्यसमा १९ वटा क्यामरा र दुईवटा माइक्रोफोन जडान गरिएका छन्। तिनले पहिलो पटक मङ्गल ग्रहको स्वराङ्कन गर्ने वैज्ञानिकहरूको विश्वास छ।

यो अभियानअन्तर्गत १.८ किलोग्राम वजन भएको ड्रोन पनि अर्कै संसारमा पहिलो पटक उडाउने प्रयास गरिनेछ।उसका वाचाहरूका बावजुद हामीले पर्सभीअरन्सका खोजहरूबारे पूर्ण रूपमा थाहा पाउनेछौँ जब रातो ग्रहमा सङ्कलित नमुनाहरू त्यहाँबाट पृथ्वीमा आउनेछन्।

Advertisement

यो काम चाहिँ अभियान सम्पन्न भएपछि हुनेछ। अर्थात् अबको दुई वर्षपछि।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top