विदेश भ्रमणमा सहमति चाहिनेबारे सरकारले निर्णय गरेको छैन: मन्त्री महतो

३० माघ ७७, शुक्रबार

३० माघ, काठमाडौं ।

Advertisement

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले विदेश भ्रमण प्रवेशाज्ञामा ४० वर्ष मुनिका महिलाका लागि स्थानीय तह र परिवारको सहमति चाहिनेबारे सरकारले कुनै निर्णय नगरेको प्रष्ट पारेका छन् ।

मन्त्रालयद्वारा यहाँ बिहीबार आयोजित अन्तरक्रियामा मन्त्री महतोले भने– “भ्रमण भिषामा ४० वर्ष मुनिका महिलालाई सहमति चाहिनेबारे सरकारले कुनै निर्णय गरेको छैन, बाहिर मिडियामा आएको समाचारमा कुनै सत्यता छैन, व्यक्तिले चलाएको छलफललाई मात्र बाहिर ल्याउने काम भएको हो, सरकारलाई बदनाम गर्ने काम गरिएको छ ।” मन्त्री महतोले त्यसबारेमा सरकारले कुनै निर्णय नगरेको भन्दै सरकारलाई अनावश्यक बदनाम नगर्न आग्रह गरे ।

Advertisement

अध्यागमन विभागले थालेको भ्रमण भिषामा ४० वर्षमुनिका महिलाका लागि स्थानीय तह र परिवारको सहमति चाहिने कार्यविधि संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ । प्रस्तावमा रहेको भ्रमण भिषामा जाने महिलालाई पारिवारिक तथा स्थानीय निकायको अनुमति चाहिने प्रावधानको विरोध गर्दै विभागमा प्रदर्शन गरिएको छ ।

विभागले भने सबै मुलुकमा जाने महिलाका लागि नभएर केही निश्चित मुलुकका लागि मात्र संशोधन गर्नुपरेको बताउँदै आएको छ । सबै मुलुकमा नभइ खाडी मुलुक र अफ्रिकन देशमा ४० वर्षमुनिका महिला बढी जाने, उनीहरू भ्रमणको नाममा गएर उतै काम खोजेर बस्ने भएकाले जोखिम कम गर्नमा संशोधन गर्नुपरेको विभागको भनाइ छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top