झाँक्रीलाई अमिल्दो अभियोग

३० माघ ७७, शुक्रबार

काठमाडौं: नेकपा प्रचण्ड–नेपाल पक्षकी युवा नेतृ रामकुमारी झाँक्रीको अभिव्यक्तिउपर राज्यविरुद्धको कसूरको प्रावधान अमिल्दो भएको धारणा कानुनविद्हरुको छ ।कानुनविद्हरुले नेतृ झाँक्रीले केही समयअघि गोरखामा आयोजित एक समारोहमा दिनुभएको अभिव्यक्तिका कारण राज्यविरुद्ध कसूरको दफा ५८ अन्तर्गत पक्राउ गरिएपछि सो धारणा अघिसारेका हुन् । प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा अग्रपंक्तिमा रहेर अभिव्यक्ति दिँदै आउनुभएकी नेतृ झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पटक–पटक ‘बडामहारानी’को संज्ञा दिनुभएको थियो ।

Advertisement

झाँक्रीको भनाइ थियो, ‘राष्ट्रपतिका कुरा त के गर्नु र, बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ । बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु । शीतल निवासको कारगेट छाडेर कोटेश्वर फर्किए हुन्छ । चावहिल हो कि कता हो उहाँको बसाइ । त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ ।’नेतृ झाँक्रीले भन्नुभएको थियो– ‘नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो लड्नु, तर बडामहारानीका लागि म पनि भारी हुन सकौंला । बडामहारानीविरुद्ध यहीं कि रेखा लोप्चनलाई चुनाव लडाउँला । जनताको अधिकारमाथि गिद्धे दृष्टि लगाएर शीतल निवासमा बडामहारानीको बास भएको छ । हामीले असंवैधानिक कदम किमार्थ स्वीकार नहोस् भनेका थियौं, तर बडामहारानीले सुन्नुभएन ।

’‘मदन भण्डारीको हत्यापछि तत्कालीन एमालेले २०५० सालमा विद्यादेवी भण्डारीलाई चुनाव लडाउनु भूल भएको बताउँदै उहाँले मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति शुरू गरेको थियो, जे गरेको थियो, त्यसको प्रत्युत्पादक हुन् विद्या भण्डारी’ –उहाँले भन्नुभयो ।‘विद्यालाई दोस्रोपटक राष्ट्रपति नबनाऊ भनेर हामीले नेताहरूको दैलो चाह¥यौं तर हाम्रा कुरा कसैले पनि सुनेनन् । आजको दुर्भाग्य त्यही कारण हामीले भोग्नुपरेको छ।’ –उहाँको भनाइ थियो ।यही अभिव्यक्तिको आधारमा बिहीबार महानगरीय अपराध महाशाखाले राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ को आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । मुलुकी अपराध संहिताको दफा ५८ मा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने व्यवस्था छ ।, यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top