जसपाका केन्द्रीय सदस्य हवारी नेकपा ओली समूहमा प्रवेश

३० माघ, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य इस्लाम हवारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केपी ओली समूहमा प्रवेश गरेका छन् ।

Advertisement

प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बिहान हवारीलाई पार्टी प्रवेश गराएका हुन् ।

पर्साका हवारी तत्कालिन नेकपा माओवादीबाट संविधानसभा सदस्य थिए । उनी २०७५ साल जेठ ३० गते तत्कालिन नयाँशक्ति पार्टीमा प्रवेश गरेका थिए ।

Advertisement

यसअघि जसपा केन्द्रीय सदस्य एवं पूर्व सांसद डा शिवजी यादव नेकपा प्रवेश गरिसकेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top