विद्युत चोरी गर्ने २३ जना पक्राउ

२४ जेठ ७५, शुक्रबार

राजविराज, जेठ २५
विद्युत् चोरी नियन्त्रण अभियानअन्तर्गत विद्युत् चोरी गरिरहेको आरोपमा बिहीबार साँझ २३ जनालाई पक्राउ गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र र जिल्ला प्रहरी कार्यालय, सप्तरीको संयुक्त टोलीद्वारा गरेको अनुगमनका क्रममा विभिन्न स्थानबाट २३ जना व्यक्तिलाई पक्राउ गरिएको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताए ।

पक्राउ परेकाको साथबाट छवटा विद्युत् मिटर, दुईवटा एलइडी टिभी, चार थान पानी तान्ने मोटर बरामद गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रमुख साहले जानकारी दिए ।

Advertisement

पक्राउ परेकालाई विद्युत् चोरी नियन्त्रण ऐनअन्तर्गत प्रत्येक व्यक्तिबाट रु १५ हजार ५०२ राजस्व तिराइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

केही दिनयता विद्युत् चोरी हुन थालेपछि नेपाल विद्युत् प्राधिकरण, राजविराजले हुकिङ नियन्त्रण अभियानलाई तीव्रता दिएको बताइएको छ ।
रासस

Advertisement
Advertisement

भर्खरको समाचार

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

सम्बन्धित समाचार

Scroll to Top