सरकारी जग्गा संरक्षणको माग गर्दै जनता सडकमा

३० माघ, काठमाडौँ ।
सरकारी, सार्वजनिक एवं गुठी जग्गा संरक्षण संघर्ष समितिले मुलुकभरका सरकारी ,सार्वजनिक एवं गुठी जग्गा आफू मातहत ल्याएर संरक्षण गर्न सरकारलाई दबाब दिएको छ । समितिले शुक्रबार काठमाण्डौको शान्ति बाटिकामा कार्यक्रम गरि सरकारी जग्गा संरक्षणको माग गर्दे संकलन गरिएको हस्ताक्षर सरकारलाई बुझाउने जानकारी दिएको होे ।

Advertisement

ललिता निवास बालुवाटार लगायतका सरकारी जग्गाजमिन सरकारले आफ्नै मातहतमा ल्याई भोगचलन गराउन दबाब दिदैँ माघ २३ गते देखि हस्ताक्षर अभियान चलाएको संघर्ष समितिले सो हस्ताक्षरलाई सम्बन्धीत मन्त्रालयमा बुझाउने भएको हो । समितिले ललिता निवास बालुवाटारको सरकारी जग्गा नेपाल सरकारको नाममा कायम गर्न, सुनसरी, धरानस्थित सर्दु जलाधारको ३४८ बिघा जग्गा नेपाल सरकारको नाममा कायम गरी सो जग्गा अपचलन गर्ने उपर कारबाही गर्न दबाब दिन हस्ताक्षर अभियान सञ्चालन गरिएको जनाएको छ ।

Advertisement

त्यसैगरी धोबीखोलो बगेको साबिक नगर २५(क) कित्ता नं. ५०५ को जग्गामा मोही लाग्ने गरी मन्त्रीपरिषद्बाट निर्णय गर्ने प्रधानमन्त्री उपर कारबाही गरी सो जग्गा सरकारको नाममा दर्ता गर्न, मालपोत कार्यालयले राजकुलो र बाटोमा समेत मोही कायम गर्ने गरेको निर्णयलाई सदर गर्ने न्यायाधिशलाई कारबाहीको लागि दबाब दिन हस्ताक्षर अभियान सञ्चालन गरिएको संघर्ष समितिका महासचिव युवराज कोइरालाले जानकारी दिए ।

Advertisement

संघर्ष समितिले माघ २३ गतेदेखि शुरु गरेको हस्ताक्षर अभियान शुक्रबार शान्तिबाटिकामा कोणसभा गरी समापन गरेको छ । हस्ताक्षर सम्बन्धित मन्त्रालय तथा निकायहरुमा पु¥याइने संघर्ष समितिका महासचिव कोइरालाले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top