महिला लिगमा चन्द्रपुरमाथि पुलिस ३–०ले विजयी

महिला लिगमा चन्द्रपुरमाथि पुलिस ३–०ले विजयी

३० माघ,काठमाडाैँ ।

रौतहटको चन्द्रपुर नगरपालिकालाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लबले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा सहज जित निकालेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा शुक्रबार सम्पन्न खेलमा पुलिसले मोफसलको टोली चन्द्रपुरलाई ३–० ले हराएको हो ।

पहिलो हाफमा १–० को अग्रता लिएको पुलिसले दोस्रो हाफमा थप दुई गोल गर्दै जित निश्चित गरेको हो । र्सिजना खड्काले पहिलो हाफमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । प्रतिस्पर्धात्मक जस्तो देखिएको खेलमा पुलिसलाई जित दिलाउनका लागि ५४औं मिेनटमा निर्मला बिकले टोलीका लागि दोस्रो गोल गर्दा ८५औं मिनेटमा दोस्रो हाफमा मैदान प्रवेश गरेकी रेखा पौडेलले गोल गर्दै जित निश्चित गरिन् ।

जितसँगै पुलिसले तेस्रो स्थानमा रहेको वालिङसँग अंक बराबरी गरेको छ । चौंथो स्थानमा रहेको पुलिसले ९ खेलबाट १४ अंक जोडेको छ । प्रतियोगितामा शनिबार दुई खेल हुनेछ । वालिङ नगरपालिका स्याङ्जा र विभागीय टोली एपिएफबीच प्रतिस्पर्धा हुँदा दिनको दोस्रो खेल विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिका उदयपुरबीच खेल हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.