विराटनगर,जेठ २५
मोरङको मिक्लाजुङ गाउँपालिकामा जंगली च्याउ खाँदा एकै परिवारका दुई जना बिरामी परेका छन।
जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा मिक्लाजुङ गाउँपालिका ५ बस्ने ७० वर्षका जंगबहादुर विश्वकर्मा र उनकी पत्नी वर्ष ६० की देवीमाया विश्वकर्मा सिकिस्त बिरामी परेका हुन्।
उनीहरुले घर नजिकै जंगलबाट टिपेर ल्याएको च्याउ बिहिबार बिहान पकाएर खाएका थिए । दुबैलाई उपचारका लागी मंगलबारे अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागी विराटनगरस्थित नोबेल अस्पतालमा ल्याइएको छ।
यता झापाको विर्तमोड नगरपालिका ५ स्थित देवी माध्यमिक विधालयको क्यान्टिनमा खाजा खाएका पाँच बालिका विरामी परेका छन।
विद्यालय अगाडी रहेको मन्जु खाजा घरमा टिफिन खाएपछि सात मध्ये पाँच जना विधार्थीहरुमा पेट पोल्ने र वान्ता आउन खोज्ने जस्तो विरामी देखिएपछि तत्काल उपचारका लागी मनमोहन अस्पताल विर्तामोड लगिएको छ ।
दिउँसो १ बजे बिधार्थीहरुले सो होटलमा चाउमिन र चटपटे बनाउन लगाई खाएका थिए।