ट्रम्पविरुद्ध बदलाको अभियान चलाइएको वकिलहरूको आरोप

१ फागुन, बीबीसी ।
पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध माथिल्लो सदन सिनेटमा चलिरहेको महाभियोगसम्बन्धी सुनुवाइका क्रममा उनका वकिलहरूले डेमोक्र्याटिक दलले ट्रम्पविरुद्ध बदलाको अभियान चलाएको आरोप लगाएका छन्।

सिनेटमा महाभियोग लगाउनु पर्ने कारणहरू प्रस्तुत गर्ने क्रममा डेमोक्र्याटिक दलका नेताहरूले यो साता ज्यानुअरी ६ मा भएको क्यापिटल भवन हमलाका कैयन् भिडिओ फुटेज समेत प्रदर्शन गरेका थिए।

के भने ट्रम्पका वकिलले ?
सुनुवाइमा आफैँ बयान दिन अनुपस्थित भएका ट्रम्पका वकिलहरूले शुक्रवार डेमोक्र्याटिक दलका तर्कहरूको प्रतिवाद गर्न केही घण्टामात्र लिएका थिए।

Advertisement

ट्रम्पले ती घातक हमला गर्न समर्थकहरूलाई उक्साएको आरोपलाई खण्डन गर्दै वकिलहरूले ट्रम्पको अभिव्यक्तिलाई अमेरिकी संविधानले रक्षा गर्ने जिकिर गरे। साथै उनीमाथि लगाइएका आरोपहरू भयानक झुट भएको समेत वकिलहरूले बताएका थिए।

वकिल माइकल भान डेर भिनले समग्र महाभियोग सुनुवाइलाई नै डेमोक्र्याटहरूले थालेको राजनीतिक पूर्वाग्रहप्रेरित कारबाहीको संज्ञा दिए। राष्ट्रपतिले कुनै हिसाबमा हिंसात्मक व्यवहार चाहेको वा उक्साएको भन्ने दाबी नै अनर्गल र भयानक झुट हो।

Advertisement

क्यापिटल भवनमा अनधिकृत प्रवेश शुरु हुने बित्तिकै राष्ट्रपतिले ट्विटरमार्फत् दिएका दुई सन्देशमा (समर्थकहरूलाई) शान्तिपूर्ण रहनु अनि हामी कानुनव्यवस्था पक्षधर दल भएका हिंसा नगर्नु भनेका थिए, वकिलले बताए।

यसअघि महाभियोग पारित गर्नुपर्ने पक्षमा रहेका डेमोक्र्याट दलका नेताहरूले ट्रम्पलाई जबाफदेही नबनाइए उस्तै घटना फेरि दोहोरिन सक्ने चेतावनी दिएका थिए।

तल्लो सदन प्रतिनिधिसभाले यिनै आरोपमा ट्रम्पमाथि महाभियोग लगाइसकेको छ। तर महाभियोग पारित गर्न सिनेटको पनि समर्थन चाहिन्छ। महाभियोग पारित गर्न सिनेटमा दुई तिहाइको बहुमत आवश्यक पर्छ जबकी डेमोक्र्याटहरूसँग केवल सामान्य बहुमत मात्र उपलब्ध छ।

अर्थात् १००–सदस्यीय सिनेटमा डेमोक्र्याटहरूसँग ५० सदस्य छन् अनि महाभियोग पारित गर्न ट्रम्पको दल रिपब्लिकनका कम्तीमा १७ सिनेटरहरूले त्यसमा साथ दिनु पर्नेछ।

महाभियोगको सुनुवाइ संवैधानिक छ कि छैन भनेर यसै साता भएको मतदानमा केवल आधा दर्जन रिपब्लिकन सिनेटरहरूले समर्थन जनाएपछि सुनुवाइ अघि बढेको थियो।

त्यसैले महाभियोग पारित गर्न पर्याप्त रिपब्लिकन सिनेटरहरूको साथ रहने स्थिति देखिएको छैन। यदि महाभियोग पारित भए ट्रम्पले आइन्दा चुनाव उठ्न पाउने छैनन्।

यसअघि अभियोजनकर्ताहरूले अमेरिकी सिनेटमा ट्रम्पविरुद्ध दोस्रो महाभियोगसम्बन्धी सुनुवाइमा आफ्नो तर्फबाट आधारहरू प्रस्तुत गर्ने क्रम सकाएका थिए। शनिवार उक्त महाभियोग प्रस्तावमाथि मतदान हुने ठानिएको छ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top