बुटवलमा आज हुने आमसभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

३० माघ ७७, शनिबार

१ फागुन, विराटनगर ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज बुटवलमा आमसभा गर्दै छ ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले शक्ति प्रदर्शनसहितको उक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । निर्वाचनको स्वागतका लागि गरिएको भनिएको लुम्बिनी प्रदेशस्तरीय सो सभामा २ लाख जनता सहभागी हुने नेकपा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिए।

सभामा सम्बोधन गर्न नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायत बुटवल आउँदैछन्।

Advertisement

दिउँसो ११ बजेपछि बुटवल–७ स्थित सिद्धेश्वर माविको प्रांगणमा हुने सभाअगाडि बुटवल नगरमा याली निकाल्ने नेकपा लुम्बिनी प्रदेश संयोजक लिला गिरीले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top