जनसभा हेर्न बुटवल आउन प्रचण्डलाई ओलीको निम्तो

जनसभा हेर्न बुटवल आउन प्रचण्डलाई ओलीको निम्तो

१ फागुन, बुटवल ।

प्रधानमन्त्री केपी ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सभा हेर्न आउन आग्रह गरेका छन् । शनिबार बुटवलमा आयोजितत सभालाई सम्बोधन गर्दै ओलीले जनसमर्थन कस्तो हुन्छ हेर्न बुटवलमा आउन आग्रह गरेका हुन् ।

माघ २८ गते काठमाडौंमा प्रचण्ड–नेपाल समूहले गरेको विशाल विरोधसभामा बोल्दै प्रचण्डले ओलीलाई सभा भनेको यस्तो हुन्छ भनेका थिए । त्यसको जवाफ दिँदै ओलीले शनिबार सभा हेर्न बुटवल आउन प्रचण्डलाई भनेका हुन् ।

प्रचण्डतर्फ लक्षित गर्दै उनको नाम नलिइ ओलीले भने, ‘तीन अगाडि मात्र देशभरका मान्छे जम्मा गरेर अलिकति मान्छे देखेपछि, सभा हेर्न यहाँ आऊ केपी ओली भनेर केही मान्छेले भनेका थिए । आज देशभरको होइन । लुम्बिनी प्रदेशको बुलटवलमा आयोजित सभालाई हेर्न आउन उहाँहरुलाई आग्रह गर्छु । आउनुहोस् जनसहभागिता कस्तो हुन्छ ?’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.