टाइगर कप भलिबलको उपाधि नेपाल पुलिस र गण्डकी प्रदेशलाई

१ फागुन ७७, आइतबार

१ फागुन, काठमाडाैँ ।

पोखरामा सम्पन्न टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले हात पर्दा पुरुष तर्फको खेलमा भने गण्डकी प्रदेश विजयी भएको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा बलियो प्रतिद्वन्द्वी एपिएफलाई पुलिसले सोझो सेटमा हराउँदै उपाधि उचालेको हो ।

पुलिसले डर्बी क्लब एपिएफलाई २५–२२, २५–२२ र २५–२१ को सेटमा हराउन सफल भएको हो । सम्पन्न प्रतियोगितामा पुलिसले एपिएफलाई दोस्रो भेटमा जित निकाल्दै च्याम्पियन बनेको हो । यसअघि लिग चरणको भेटमा पनि पुलिस ३–० ले नै विजयी भएको थियो । यससँगै पुलिसले एपिएफलाई हराएर लगातार दोस्रो उपाधि जितेको हो । गत वर्ष पीएम कप भलिबलमा एपीएफलाई नै हराएर पुलिसले उपाधि जितेको थियो । उपाधिसँगै पुलिसले १ लाख ५० हजार प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले ७५ हजारमा चित्त बुझायो ।

Advertisement

प्रतियोगिता अन्तर्गत शनिबारै सम्पन्न पुरुष तर्फको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै स्थानीय टोली गण्डकी च्याम्पियन बनेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा गण्डकीले पहिलो सेट २५–२२ ले जितेको थियो । तर दोस्रो सेटमा आर्मी २५–२१ ले विजयी हुँद दुबै टोलीले एक एक सेटमा जित निकालेका थिए । तेस्रो सेटमा गण्डकीले ३२–३० को जित निकाल्दै २–१ को अग्रता लिन सफल भएको थियो । तर, चौंथो सेट आर्मीले २५–२३ ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो । पाँचौं सेटमा १५–११ को जित निकाल्दै गण्डकीले उपाधि आफ्नो बनायो । आर्मीले उपाधिसँगै गण्डकीले नगद १ लाख ५० हजार प्राप्त गरेको छ । उपविजेतामा सिमित आर्मीले ७५ हजारमा चित्त बुझायो । प्रतियोगितामा महिला तर्फ नेपाली पुलिसकी उषा भण्डारी र पुरुष तर्फ गण्डकी प्रदेशका घनश्याम चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले जनही २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । महिला तर्फ न्यु डायमन्डकी प्रतिभा माली उत्कृष्ट सर्भर बन्दा पुलिसकी कमला पुन उत्कृष्ट सेटर, एपिएफकी हिरा केसी उत्कृष्ट ब्लकर, पुलिसकी शान्तिकला तामाङ उत्कृष्ट डिफेण्डर र एपिएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाईकर र उत्कृष्ट प्रशिक्षक पुलिसका रुपेश विष्ट चुनिए ।

पुरुष तर्फ विधागत रुपमा बेष्ट ब्लकर हरि अधिकारी (आर्मी), बेष्ट सर्भर शरणसामरी क्षत्री (आर्मी) स्पाईकर धनबहादुर भट्ट (आर्मी) बेष्ट सेटर सुजन चोख्याल (गण्डकी प्रदेश), बेष्ट डिफेण्डर राजन दर्लामी मगर (गण्डकी प्रदेश), बेष्ट प्रशिक्षक रमेश केसी (गण्डकी प्रदेश) भए । उनीहरुले नगद ५÷५ हजार तथा ट्रफी प्राप्त गरे ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top