×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

प्रगतिउन्मुख राष्ट्रिय गौरवका आयोजना

२ फाल्गुन २०७७

काठमाडौँ : कोरोना महामारीका कारण केही समय प्रभावित राष्ट्रिय गौरवका आयोजनाको निर्माणले गति लिएको छ । कोरोना महामारीको नियन्त्रण गर्न गत चैत ११ गतेदेखि बन्दाबन्दी गरिएपछि राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन पनि प्रभावित भएको थियो ।

जनशक्ति परिचालन प्रभावकारी हुन नसक्दा र खासगरी मेसिन उपकरण आयात रोकिएको थियो । “काम नै त कुनै पनि आयोजनाको रोकिएन तर गति कम भयो । खासगरी विदेशबाट सामान आउन नसक्दा अपेक्षित गतिमा काम अगाडि बढेन । अहिले सामान आउन थाल्यो, पूर्ववत् रूपमा काम हुन थाल्यो,” राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले भन्नुभयो ।

Advertisement
Advertisement

कोरोनाकै कारण चालू आर्थिक वर्षको छ महिनामा राष्ट्रिय गौरवका आयोजनाका लागि विनियोजन गरिएका रकममध्ये करिब १५ प्रतिशत मात्रै खर्च भएको छ । आर्थिक वर्ष २०७७÷७८ मा राष्ट्रिय गौरवका आयोजनाका लागि कुल ९२ अर्ब छ करोड २३ लाख रुपियाँ विनियोजन गरिएकोमा पुस मसान्तसम्ममा विनियोजित रकमको १५.१९ प्रतिशत अर्थात् १३ अर्ब ९८ करोड ८५ लाख रुपियाँ खर्च भएको हो ।

डा. फुयालले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति पहिलो चौमासिकमा कम देखिए पनि दोस्रो र तेस्रो चौमासिकमा काम धेरै हुने बताउनुभयो । अहिले दोस्रो चौमासिक चलिरहेको छ । राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये केही आयोजना पूरा हुने चरणमा छन् भने केही आयोजना सञ्चालन विधि तय नहुँदा सुरुवात हुन सकेका छैनन् ।

अन्तिम चरणमा रहेका आयोजना
राष्ट्रिय गौरवका आयोजनाको कुल सङ्ख्या २५ रहेकोमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, मेलम्ची खानेपानी आयोजना र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न हुने चरणमा छन् । आव २०७६÷७७ सम्मको भौतिक प्रगति माथिल्लो तामाकोसीको ९९.७३ प्रतिशत, मेलम्ची खानेपानी आयोजनाको ९७ प्रतिशत र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ९१ प्रतिशत छ ।

दुई दशकअघि २०५५ सालदेखि सुरु भएको मेलम्ची खानेपानी आयोजना अन्तिम चरणमा छ । कुल ३१ अर्ब ३६ करोड रुपियाँ संशोधित लागत रहेको यो आयोजनामा २९ अर्ब ४६ करोड रुपियाँ खर्च भइसकेको छ । चालू आर्थिक वर्षमा पाँच अर्ब ४६ करोड ४५ लाख रुपियाँ विनियोजन भएकोमा पुससम्ममा ५८ करोड १९ लाख रुपियाँ खर्च भएको छ ।

दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट चैतभरिमा परीक्षण उत्पादन गर्ने लक्ष्य छ । प्रायः सबै काम सम्पन्न भइसकेको तर ‘एक्स्टेन्सन ज्वाइन्ट’मा प्रयोग हुने सय मिटर पाइपको डिजाइन परिवर्तन गर्नुपरेको र सो पाइप भारतमा निर्माण भइरहेकाले केही बढी समय लागेको सो आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो । चैत मसान्तसम्ममा छमध्ये एक युनिट (७६ मेगावाट)बाट परीक्षण उत्पादन हुने जानकारी उहाँले दिनुभयो ।

माथिल्लो तामाकोसी आयोजनाका लागि चालू आर्थिक वर्षको बजेटमा एक अर्ब रुपियाँ विनियोजन गरिएको छ । पुससम्ममा वित्तीय संस्थाबाट ऋण लिएर दुई अर्ब १२ करोड रुपियाँ खर्च भई कामले तीव्रता पाएको छ । एक दशकअघि २०६७÷६८ देखि सुुरु भएको यो आयोजना निर्धारित समयभन्दा चार वर्ष ढिलो भइसकेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका केही उपकरण जडान गर्ने कार्य बाँकी छन् । तीन हजार मिटर लामो धावनमार्ग, ट्याक्सी वे र एप्रोनको सिभिल निर्माण सम्पन्न भइसकेको छ । चालू आर्थिक वर्षमा चार अर्ब ७२ करोड ५० लाख रुपियाँ विनियोजनगरिएकोमध्ये पुससम्ममा दुई अर्ब ९८ करोड रुपियाँ खर्च भएको छ ।

सडक आयोजना
राष्ट्रिय गौरवका आयोजनाको सूचीमा रहेका राजमार्ग निर्माण आयोजनामध्ये हुलाकी राजमार्गको भौतिक प्रगति ५५ प्रतिशत, मध्य पहाडी राजमार्गको ४९ प्रतिशत, कर्णाली करिडोरको २२ प्रतिशत, कोसी करिडोरको २१.५ प्रतिशत र काठमाडौँ तराई मधेस द्रुतमार्गको ११ प्रतिशत छ ।

हुलाकी राजमार्गका लागि चालू आर्थिक वर्षमा विनियोजित सात अर्ब एक करोड ५२ लाख रुपियाँमध्ये तीन अर्ब ३४ करोड ३७ लाख रुपियाँ खर्च भएको छ । एक हजार ७९२ किमि लामो यो राजमार्गको ५१२ किमि कालोपत्रे, २१९ पुलमध्ये ९५ प्रतिशत निर्माण भइसकेको छ ।

देशका २६ जिल्लालाई समेट्ने गरी २०६४÷६५ मा सुरु भएको एक हजार ८७९ किमि लामो पुष्पलाल –मध्य पहाडी) राजमार्गको ९१५ किमि कालोपत्रे, १२९ वटामध्ये ८४ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । आव २०७६÷७७ सम्ममा यो आयोजनाको भौतिक प्रगति ४९ प्रतिशत छ ।

चालू आर्थिक वर्षका लागि आठ अर्ब २७ करोड ४० लाख रुपियाँ विनियोजन गरिएकोमा पहिलो छ महिनासम्ममा एक अर्ब ७६ करोड ८५ लाख रुपियाँ खर्च भएको छ । उत्तर दक्षिण लोकमार्ग (कोसी करिडोर)को सङ्खुवासभाको खाँदबारीदेखि किमाथाङ्कासम्मको १६२ किमिमध्ये १४८ किमि ट्र्याक खुलेको छ भने बाँकी १४ किमिको ट्र्याक खोल्ने काम भइरहेको छ ।

यो आयोजनाका लागि चालू आर्थिक वर्षमा कुल ९५ करोड २८ लाख रुपियाँ विनियोजन भएकोमा आठ करोड २५ लाख रुपियाँ खर्च भएको छ । कुल ४३१ किमिको कालीगण्डकी करिडोरको आव २०७६÷७७ सम्मको भौतिक प्रगति गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डको २१.५ प्रतिशत र बेनी–जोमसोम–कोरला खण्डको ५६ प्रतिशत रहेको छ । यो करिडोरको मालढुङ्गा राम्दी–गैँडाकोट खण्डको २४५ किमिमध्ये २४४ किमि र बेनी–जोमसोम–कोरोला सडकको १८६ किमिको सबै ट्र्याक खुलेको र १०८ किमि ग्राभेलसमेत भइसकेको छ ।

कर्णाली करिडोरका लागि चालू आर्थिक वर्षमा ६२ करोड २८ लाख रुपियाँमध्ये चार करोड छ लाख रुपियाँ खर्च भएको छ । हुम्लाको सरिसल्लादेखि सिमकोटसम्म १४५ किमिको यो करिडोरको १३० किमि ट्र्याक खुलेको छ । चालू आर्थिक वर्षको पुससम्ममा काठमाडौँ–तराई मधेस द्रुतमार्गमा एक अर्ब २३ करोड ७० लाख रुपियाँ खर्च भएको छ ।

चालू आर्थिक वर्षमा आठ अर्ब ९३ करोड ८८ लाख रुपियाँ विनियोजन भएको थियो । ललितपुर, काठमाडौँ, मकवानपुर र बारामा पर्ने ७२.५ किमि लामो यो द्रुतमार्गको ५५.५ किमिमध्ये ४४.१ किमिको माटो खन्ने र पुर्ने काम ८८ प्रतिशत सकिएको छ ।

विमानस्थल निर्माण
राष्ट्रिय गौरवका आयोजनाको सूचीमा रहेका तीनवटा विमानस्थल आयोजनामध्ये गौतमबुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक तथा वित्तीय प्रगति राम्रो छ । एक दशकअघि २०६८ सालमा सुरु भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६२ प्रतिशत निर्माण सम्पन्न भएको छ । धावनार्ग, ट्याक्सी वे, एप्रोन, हेङ्गरलगायतका निर्माण सम्पन्न भइसकेको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका भौतिक प्रगति भने १० प्रतिशत जति मात्रै छ । चालू आर्थिक वर्षमा ५० करोड रुपियाँ विनियोजन गरिएकोमध्ये पुससम्ममा पाँच करोड रुपियाँ खर्च भएको छ । हाल यो आयोजनाको गुरुयोजना अध्यावधिक गर्ने र डिटेल डिजाइन निर्माणको प्रक्रिया अगाडि बढेको छ ।

जलविद्युत् आयोजना
राष्ट्रिय गौरवका जलविद्युत् आयोजना तीनवटा छन् । माथिल्लो तामाकोसी जलविद्युत् आयोजना अन्तिम चरणमा छ भने बूढीगण्डकी जलविद्युत् आयोजनाको भौतिक प्रगति १० प्रतिशत छ । धादिङ जिल्लामा पर्ने बूढीगण्डकी जलविद्युत् आयोजनामा जग्गाको मुआब्जा दिने काम भए पनि पूर्वाधार निर्माणको काम सुरु भएको छैन ।

Advertisement

चालू आर्थिक वर्षमा आठ अर्ब ८४ करोड रुपियाँ विनियोजन गरिएको भए पनि पुससम्ममा एक अर्ब आठ करोड रुपियाँ खर्च भएको छ । पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माण मोडालिटी नै बन्न सकेको छैन ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top