×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

प्रणय दिवसमा छैन गुलाफको स्थानीय उत्पादन

२ फाल्गुन २०७७

२ फागुन, भरतपुर ।

पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव बढ्दै जाँदा पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । दिवसमा युवायुवतीको आकर्षण र गुलाफको फूलको माग बढ्दो छ ।

Advertisement
Advertisement

प्रणय दिवसमा बढी प्रयोग हुने गुलाफ नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाफको उत्पादन हुनसकेको छैन । व्यावसायिकरूपमा फूलको खेती गर्ने किसान छन् तर बजारको माग पूरा गर्न सकेका छैनन् ।

प्रेम दिवसमा उपहारका रूपमा दिइने गुलाफ फूलको उत्पादन चितवनमा पनि निरन्तर घट्दै गइरहेको छ । समय र तापक्रमको सन्तुलन मिलाउन नसक्दा कुनै बेला राम्रो उत्पादन गर्ने क्षमता बनेको चितवनमा गुलाफ उत्पादन अहिले निरन्तर घटेको हो । फेबु्रअरी १४ को दिन प्रेमी जोडीहरुले एक–अर्कालाई गुलाफ फूल, कार्ड र उपहारस्वरूप विभिन्न सामान आदनप्रदान गर्ने चलन छ । सोही अवसरमा यस दिन चितवनसहित देशभर करोडौँको गुलाफ फूलको कारोवारसमेत हुने गरेको पुष्प व्यवसायीहरुले बताएका छन् ।

पुष्प व्यवसायी सङ्घ चितवनका पूर्वअध्यक्ष प्रकाश पन्तले प्रणय दिवसमा चितवनमा गुलाफ फूलको माग निरन्तर बढेको भए पनि उत्पादन भने घटेको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य समयमा रु ५० मा बिक्री हुने गुलाफ यस दिन रु १०० मा बिक्री हुने गरेको छ । यसको बिरुवा महङ्गो र उत्पादनमा धेरै नै मेहनत गर्नुपर्ने भएकाले पनि चितवनमा उत्पादन घटेको छ । एउटा बिरुवालाई रु १५० सम्म पर्छ ।” गुलाफ फूलको उत्पादन गर्न तापक्रम ३० देखि ३२ डिग्री सेन्टिग्रेडको आवश्यकता पर्छ तर चितवनमा धेरै गर्मी हुने भएकाले यसको उत्पादन चितवनभन्दा पहाडी क्षेत्रमा नै बढी हुने गरेको छ । खुला ठाउँमा खेती गरेको गुलाफ त्यति आकर्षक नदेखिने भएकाले हरितगृहमा खेती गर्दा चितवनमा तापक्रम र प्रकाशको सन्तुलन मिल्न नसकेको व्यवसायी पन्तले जानकारी दिए । उनले चितवनमा व्यावसायिकरूपमा गुलाफको खेती गर्ने किसान नरहेको बताए ।

अहिले चितवनमा गुलाफ फूलको बढ्दो माग भए पनि सदाबहार फूलको खेतीमा किसान आकर्षित भएको प्राविधिक बताउँछन् । कृषि ज्ञान केन्द्र चितवनका बागवानी प्राविधिक सहायक पुनम पौडेलले चितवनमा पुष्प खेती गर्नेको सङ्ख्या बढ्दै गए पनि गुलाफको खेती भने घट्दै गएको बताए । उनले भने, “विशेष अवसरमा मात्र गुलाफको बिक्री हुने भएकाले यसको बजार सानो छ । जोगाएर राख्न र उत्पादन गर्न पनि कठिन भएकाले किसानको आकर्षण गुलाफमा छैन ।” धेरै किसानको आकर्षण सयपत्री फूलमा देखिएको उहाँले बताउनुभयो ।

नेपालमा मागअनुसार गुलाफको उत्पादन हुनसकेको छैन । अन्य स–साना कार्यक्रम र सजावटका लागि नेपालकै उत्पादनले धाने पनि प्रेम दिवसका लागि भने हरेक वर्ष गुलाफको आयात बढ्दै गइरहेको छ । देशभर बजारको मागअनुसार ८० प्रतिशत अर्थात् ९६ हजार स्टिम गुलाफको फूल आयात गर्नुपर्ने व्यवसायीहरुले बताएका छन् ।

फेबु्रअरी महिनामा पर्ने प्रेम दिवसको अवसरमा नेपालमा प्रतिकूल मौसम अर्थात् जाडो सिजन हुने भएकाले यहाँ गुलाफको आन्तरिक उत्पादनमा कमी आएको प्राविधिकहरू बताउँछन् । यस वर्षको प्रेम दिवसमा देशभर एकदेखि सवा करोडसम्म फूलको कारोबार हुने पुष्प व्यवसायीको अनुमान छ । गत वर्ष देशभर एक लाख २० हजार स्टिम गुलाफको फूल आयात भएको थियो भने यस वर्ष २४ हजार स्टिम घटेको छ । गत वर्ष प्रतिस्टिम रु ८० देखि १०० को हाराहारीमा दुई लाख स्टिम गुलाफको कारोवार भएको थियो ।

नेपालमा गुलाफ फूलको व्यावसायिक खेती मुख्यगरी काठमाडौँ उपत्यकाभित्रको तीन जिल्ला, चितवन, काभ्रेपलाञ्चोेकमा हुने गर्छ । चितवनको उत्पादन घटेसँगै धेरै प्रतिशत गुलाफ विदेशबाट ल्याउनुपर्ने बाध्यता छ ।

Advertisement

कृष्ण आचार्य/रासस

भर्खरको समाचार

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

सम्बन्धित खबरहरु

Scroll to Top