प्रचण्डले आफ्नो निवासलाई गुटको हेडक्वाटर बनाएः परराष्ट्रमन्त्री ज्ञवाली

२ फागुन ७७, आइतबार
Share this
706shares

२ फागुन, तेह्रथुम ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो निवासलाई गुटको हेडक्र्वाटर बनाएर चार÷पाँच जना भेला गरी गुटको राजनीति गर्दै पार्टीमा सङ्कटको बिजारोपण गरेको बताएका छन् ।

Advertisement

सरकारले करिब तीन वर्षको अवधिमा सुशासन, विकास र समृद्धिका आधार तयार पार्ने कामको थालनी गरे पनि प्रचण्ड पक्षले असहयोग र प्रतिनिधिसभामा गरेको अवरोधले काम गर्न बाधा आएकाले यी संस्थाको पुनर्गठन गर्नुपरेको मन्त्री ज्ञावलीले बताए ।

ओली समूहले तेह्रथुमको म्याङ्लुङमा शनिबार आयोजना गरेको जिल्ला तहका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले आफूहरुले पार्टी विभाजनको कुनै पनि काम नगरेको तथा पार्टीमा विवाद आउनुमा प्रचण्डको प्रमुख भूमिका रहेकोसमेत बताए ।

Advertisement

पार्टी सरकार सञ्चालन गर्ने अवस्थामा जतिजति बेला पुग्छ, त्यतित्यतिबेला अवसर लिन दौडिने समूहले प्रधानमन्त्री र सरकारलाई चौतर्फी घेराबन्दी गरी विकासका गतिविधि अगाडि बढाउन नदिएका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको उनको भनाइ छ ।

यसैगरी नेकपा केन्द्रीय सदस्य विजय सुब्बाले भने राष्ट्रवादी प्रधानमन्त्रीलाई किन मन नपराएको भन्दै प्रश्न गरेका थिए । केपी ओलीजस्तो राष्ट्रवादी नेतालाई मन नपराएको देख्दा आफू अचम्ममा परेको उनको भनाइ थियो ।(रासस)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top