आज थपिए १०४ संक्रमित, १३१ जना डिस्चार्ज

२ फागुन, विराटनगर । नेपालमा आज मात्र १ सय ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ सय ३१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७२ हजार ७ सय १८ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ६० पुगेको छ ।

Advertisement

कोरोना संक्रमणबाट आज कसैको मृत्यु भएको छैन । अहिलेसम्म मृत्यु हुनेको संख्या २०५४ नै रहेको छ ।

देशभर आज सक्रिय संक्रमित १ हजार ६ सय ४ छ भने क्वारेन्टिनमा जम्मा ७९ जना मात्र छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top