×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

प्रचण्ड-माधव समूह पनि निर्वाचन आचारसंहिता छलफलमा आयोग पुग्यो

२ फाल्गुन २०७७

२ फागुन, काठमाडाैँ ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहित २०७७ का सम्बन्धमा विभिन्न राजनीतिक दलहरुसंग छलफल गरेको छ । आईतबार आयोग परिसरमा आयोजित छलफलमा विभिन्न १४ वटा राजनीतिक दलका प्रतिनिधिहरु सहभागी थिए ।

Advertisement
Advertisement

राजनीतिक दलका अधिकांश प्रतिनिधिले निर्वाचन आयोगले आचारसंहिता जारी गरेपनि आचारसंहिता पालना भए नभएको अनुगमन चुस्त हुन नसकेको तथा आचारसंहिता उल्लघंन गर्नेमाथि कारवाही गर्ने नगरेको भन्दै त्यस तर्फ ध्यानाकर्षण गराएका थिए । उनीहरुले आचारसंहिता कडाईका साथ कार्यान्वयन गराउन र उलंघन गर्नेहरुमाथि विद्यमान व्यवस्था अनुसार कारवाही गर्न पनि माग गरे ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले भने निर्वाचन आचारसंहिता उलंघन गर्ने सरकारलाई कारवाही नगरेको आरोप लगाएको छ । उसले आयोगको कार्यशैलीप्रति आशंका समेत व्यक्त गरेको छ । छलफलमा सहभागी नेता लिलामणि पोखरेलले आफैले निर्वाचन घोषणा गरेर आफै आचार संहिताको उलंघन गर्ने सरकार प्रति आयोग मौन बसेकाले उसको भूमिका प्रति शंका उब्जिएको प्रतिक्रिया दिए । उनले मुलुकको कार्यकारी प्रमुखले स्वतन्त्र र संबैधानिक निकायमा आएर ‘यो गर ÷त्यो नगर’ भन्नु गलत भएको भन्दै प्रधानमन्त्रीलाई आयोगले बोलाएको कि आफै आएको ? भनी प्रश्न गने ।

उनले भने “प्रधानमन्त्री आयोगले निम्ता गरेर आउनुभयो कि आफै आउनुभयो । कार्यकारी प्रमुखले आएर स्वतन्त्र संबैधानिक निकाय आयोगका आयोगका पदाधिकारीहरुलाई यस्तो गर उस्तो गर भनेर निर्देशन दिन मिल्दैन । एकदमै गलत हो । मिल्दै मिल्दैन । कानुन विपरित हुन्छ । नैतिकता विपरित हुन्छ । आचरण विपरित हुन्छ । सरकारले निर्वाचन घोषणा गरिसकेपछि आचारसंहिता लाग्छ कि लाग्दैन ? निर्वाचन आयोगले घोषणा गरेर मात्रै आचारसंहिता लाग्ने होइन । सरकारले निर्वाचन घोषणा गरिसकेपछि त्यो सरकार कामचलाउ हुन्छ । अनि पशुपतिमा गएर म ३० करोडको जलप लगाईदिन्छु भन्न पाईन्छ ? अनि सुकुम्बासी आयोगका पदाधिकारीहरुको नियुक्ति गर्न पाईन्छ ? मन्त्रीमण्डल पुर्नगठन गर्न पाईन्छ ? दीर्घकालिन रुपमा प्रभाव पर्नै कुनै सन्धि सम्झौता गर्न पाईन्छ ? पाईदैन । यी सबै कुराहरु सरकारले गरिरहेको छ । आफैले निर्वाचन घोषणा गर्ने अनि आफैले आचासंहिता उलंघन गर्ने गर्न पाईदैन । हामीले त अभिमत जाहेर गरेका छौ सडकमा । पैसा खर्च गरेर,देशको ढुकुटी खर्च गरेर हामीले प्रभावित पारेका छैनौ ।यो कुरा हामीले निर्वाचन आयोगलाई जानकारी गरायौ । ”

उनले निरन्तर रुपमा सरकारले आचारसंहिता उलंघन गरिरहदाँ आयोगले सरकारमाथि आचारसंहिताको पालनाका लागि सचेत नगराएकाले आफुहरुमा शंका उब्जिएको बताए। उनले भने “सरकारले गरेका गतिविधिका बारेमा निर्वाचन आयोगले लौरो लगाउन पर्ने ठाडो पार्नुपर्ने, त्यो कुरा नगरेपछि हामीले आशंकित हुनुपर्यो कि परेन ? आयोगले निश्पक्षता पुर्वक काम गरोस् ,आयोग सरकारको लाचार छाँया नबनोस् भनेर भनेका छौ ।”

उनले ६४ प्रतिशत मत भएको राजनीतिक दलबारे टुंगो नलगाईकन निर्वाचन संभव नभएकाले विवाद हल नगरी निर्वाचन प्रक्रिया अगाडि बढ्न सक्तैन भनी आफुहरुले आयोगलाई भनेको बताए ।

दल दर्ता, विवाद समाधान र जनप्रतिनिधिलाई शासन सत्ता चलाउने आधिकारीता दिने प्रयोजनका निम्ति आयोगको गठन भएको भन्दै उनले दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार नेकपा भित्रको विवाद निरुपण गर्नुपर्ने धारणा राखे । उनले भने “ आयोगको गठन एउटा निर्वाचन प्रयोजनको निम्ति दलहरुको दर्ता र निर्वाचन, राजनीतिक दलहरुबीच विवाद उत्पन्न भयो भने विवाद समाधान गर्ने , निर्वाचन सम्पन्न गरेर निर्वाचित जनप्रतिनिधिलाई शासन सत्ता सञ्चालन गर्ने आधिकारीता दिने । त्यसैले दल विवादको निरुपण गरिनँ भन्नै मिल्दै मिल्दैन ।”

नेपाली कांग्रेसका नेता आनन्द प्रसाद ढुंगानाले आचारसंहितामाथिको छलफलको क्रममा विभिन्न सरकारी कार्यालय तथा आयोगमा नियुक्ति, बढुवा, सरुवा लगायत काम नियमित प्रक्रियाको बहानामा गर्न नहुने भएकाले त्यस तर्फ ध्यान दिन आयोगको ध्यानाकर्षण गराएको बताए । उनले सरकारले मिति तोकिसकेकाले निर्वाचनका लागि आयोगको तयारीलाई रोक्न नमिल्ने प्रतिक्रिया दिए । प्रतिनिधिसभा विघटन लगतै कांग्रेसले संविधान भन्दा बाहिर प्रतिनिधिसभा विघटन भएको भनेर स्पष्ट धारणा राखेको तर नेपाली कांग्रेस कानुनी राज्यलाई स्वीकार गर्ने भएकाले न्यायलयले गर्ने निर्णयलाई आफुहरुले मान्ने प्रतिक्रिया दिए ।

उनले भने “न्यायलयले सही भयो भनेर निर्णय गर्यो भने त्यसलाई हामीले मान्ने कि नमान्ने त्यस बेला हामी निर्वाचनमा जाने कि नजाने ? आन्तरिक झडगाका कारण नेपाल कम्युनिष्ट पार्टीलाई संसद भंग गर्न पाउने अधिकार छ ? घरझगडाका कारण संसद भंग गर्न पाउँछ ? पाउदैन । हामी निर्वाचनको पक्षमा छौ तर यसको अर्थ यो होइन सर्वोच्च अदालतको निर्णयको विपक्षमा छैनौ । जे निर्णय गर्छ त्यो मान्छौ । ”

छलफलमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका शुशिल श्रेष्ठले आचारसंहिताको पूर्ण परिपालन गर्न आयोगको ध्यानाकर्षण गराएको बताए । आजसम्म आचारसंहिता उलंघन गरेकालाई कहिलेही कारवाही नगरिएको भन्दै उनले अक्षरश आचारसंहिता पालना गराउने तर्फ सक्रिय बन्न आयोगलाई सुझाव दिएको जानकारी दिए ।

उनले भने “दुईवटा गाडी एउटा उम्मेदवारलाई प्रयोग गर्ने भनिएपनि धेरै प्रयोग गर्दा पनि कारवाही गरिएको छैन। निर्वाचन सम्पन्न भएपछि हरेक उम्मेदवारले विवरण दिनुपर्ने कानुनी व्यवस्था भएपनि कार्यान्वयन भएको छैन । आचारसंहिता छलफल गर्ने विषय मात्रै भएको तर आचार संहिता पालना भएको देखिदैन । ”

उनले प्रतिनिधिसभा विघटनको सम्बन्धा सर्वोच्च अदालतमा मुद्दा रहेकाले निर्वाचनका लागि आयोगको तयारीलाई विथोल्न नहुने तर्क गरे। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगले तयार पारेको आचारसंहिता माथि छलफल गरिएको र केही दलले लिखित सुझाव पनि दिएको बताए । उनले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने गरि आयोगले तयारी अघि बढाएको स्पष्ट पारे । नेकपा विवादका सम्बन्धमा संचारकर्मीको जिज्ञासामा उनले प्राप्त निवेदनको सम्बन्धमा आयोगले अध्ययन गरिरहेको र छिटै निर्णय गर्ने पनि जानकारी दिए।

Advertisement

निर्वाचन आयोगले आईतबार निर्वाचन आचारसंहिता २०७७ माथि दलहरुसंग छलफल गरेको हो । आयोगले विगतको भन्दा विस्तृत रुपमा आचारसंहिता निर्माण गरिएको जनाएको छ । आचारसंहितामा निर्वाचन प्रचार सामाग्री र खर्च व्यवस्थापनलाई नियन्त्रित गरेपनि हेलिकप्टर चार्टर गरेर निर्वाचन प्रचारमा जान सक्ने व्यवस्था राखेको छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top