भारतीय राजदूत क्वात्राले लगाए कोरोनाविरुद्धको खोप

३ फागुन ७७, सोमबार

३ फागुन, विराटनगर ।
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कोरोनाविरुद्धको खोप लगाएका छन्।

Advertisement

भारत सरकारले दिएको १० लाख डोज मध्येको खोप क्वात्राले लगाएका हुन्। क्वात्राले आइतबार काठमाडौंको शिक्षण अस्पतालमा श्रीमतीका साथ खोप लगाएको फोटो सार्वजनिक गरेका छन्।

उनले खोप लगाउँदै नेपाल सरकारलाई धन्यवाद दिए। सरकारले तेस्रो चरणको खोप अन्तरगत हिजोदेखि जनप्रतिनिधि, सुरक्षाकर्मी लगायतलाई दिन थालेको छ।

Advertisement

भारत सरकार गत माघ ८ गते अनुदानमा दिएको १० लाख डोज खोप पहिले कोरोना नियन्त्रण अभियानको फ्रन्ट लाइनमा खटिएका अधिकारीलाई दिइएको थियो।

त्यसपछि सरकारले पत्रकार, कुटनीतिक नियोगका कर्मचारीलाई लगाएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top