अधिकांश सीसीटीभी क्यामरा बिग्रिए, प्रहरीलाई समस्या

२ फागुन ७७, सोमबार

३ फागुन, भरतपुर । 
जिल्लाका सार्वजनिक क्षेत्रमा जडान गरिएका अधिकांश सीसीटीभी क्यामरा बिग्रिएका छन् ।

सरकारी निकायको आवश्यक समन्वय र चासो नहुँदा सीसीटीभी मर्मत हुन नसकेका हुन् । सीसीटीभी सञ्चालन नहुँदा आपराधिक घटना भइहाले अपराधीलाई चाँडो पक्राउ गर्न र जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउन प्रहरीलाई समस्या हुने गरेको छ ।

प्रहरीले सीसीटीभीको अभावले काममा कठिनाइ भएको बताउँदै आएको छ । जिल्लामा हालसम्म ४० वटा सीसीटीभी सडकमा जडान भएका छन् । तीमध्ये १४ वटामात्र सञ्चालनमा छन् । त्यही पनि सामान्य खालका मात्र छन् ।

Advertisement

जिल्लामा थप ४२ स्थानमा सीसीटीभीको अतिआवश्यकता पहिचान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

भरतपुर महानगरपालिकाको २९ स्थान, रत्ननगर नगरपालिकाको सात स्थान र खैरहनीको ६ स्थानमा थप सीसीटीभीको अतिआवश्यकता पहिचान गरिएको हो ।

Advertisement

हाल जिल्लाका ४० स्थानमा रहेका सीसीटीभीमध्ये भरतपुर महानगरपालिकाको ३७ स्थान, इच्छाकामना गाउँपालिकाको मुग्लिन र कालिका नगरपालिकको जुटपानीमा छ ।

थापाका अनुसार सीसीटीभी अभाव हुँदा शान्ति सुरक्षा कायम गर्न र अपराध अनुसन्धान गर्न जटिल हुने गरेको छ । यस्तै ट्राफिक व्यवस्थापन तथा दुर्घटना हुँदाको अवस्था बुझ्न पनि ट्राफिक प्रहरीलाई अप्ठ्यारो भएको छ ।

विभिन्न अनुसन्धान गर्न कुनै पसलले वा अफिसले राखेको सीसीटीभीमा गएर प्रहरीले हेर्नुपर्ने अवस्था रहेको थापाले बताए । “जिल्ला प्रवेश गर्ने कुनै नाकामा सीसीटीभी छ भने कुनैमा छैन, भएका पनि आधुनिक छैनन्,” उनले भने ।

पुलचोक र मुग्लिनमा सीसीटीभी छन् भने फिसलिङ र लोथरमा छैनन् । अर्को जिल्ला प्रवेश नाका माडी भए पनि उक्त स्थानलाई हाल अतिआवश्यकमा नसमेटिएको थापाले जनाए ।

“थप पहिचान गरिएका स्थानमा सीसीटीभी नभई हुँदैन भनिएको हो । त्यति भए यथेष्ट हुन्छ भन्ने होइन,” थापाले भने । सडकमा जडान गरिएका सीसीटीभीको कन्ट्रोल रुम प्रहरी कार्यालयमा राखिन्छ तर सीसीटीभी राख्ने काम सरकारले गर्नुपर्ने हुन्छ ।

विशेषगरी सीसीटीभी जडान तथा मर्मत गर्ने काम स्थानीय सरकारको हुन्छ । स्थानीय सरकार तथा सङ्घीयता आउनुअघि विभिन्न संघ-संस्था तथा सडक डिभिजनको समन्वयनमा सीसीटीभी जडान गरिने गरिएको भए पनि हाल उक्त काम हुन सकेको छैन ।

चितवनका स्थानीय सरकारले भएका सीसीटीभी पनि मर्मत गर्न सकेका छैनन् भने नयाँ जडानको काम थाल्न पनि सकेका छैनन् ।(रासस)

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top