म शान्तिपूर्ण राजनीतिमा रहन्छुः प्रचण्ड

३ फागुन ७७, मंगलबार

४ फागुन, चितवन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू शान्तिपूर्ण राजनीतिमै रहने र अतिवादमा नजाने बताएका छन् ।

चितवनको भरतपुरमा बन्दै गरेको सिटी हलको स्थलगत अनुगमनपछि आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा प्रचण्डले सो धारणा राखेका हुन् ।

असंवैधानिक र अलोतान्त्रिक ढंगले चुनाव गराए देश अराजकताको भूमरीमा फस्ने र अतिवाद फैलिने उनले जिकीर गरे । उनले भने, ‘प्रचण्ड त्यसमा जाँदैन, म शान्तिपूर्ण राजनीतिमा रहन्छु अतिवादमा जान्नँ ।’

संविधान भत्काएर हुने चुनाव अलोतान्त्रिक, असंवैधानिक हुने भएकाले त्यसले विभिन्न खालका अतिवाद ल्याउनेको उनको दावी छ । चुनाव भए सहभागी हुनुहुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले ठोस जवाफ दिएनन् ।

संसद पुनःस्थापना हुनेमा आफूहरु पूर्ण विश्वस्त रहेको उनले बताए । अदालतले संसद पुनःस्थापना गरे प्रधानमन्त्रीमा आफ्नो दावी नरहने बताउँदै अध्यक्ष प्रचण्डले प्रतिपक्षीको मागलाई प्राथमिकतामा राखिने बताए ।

नेपाली कांग्रेस र जसपासँग मिलेर केही समयपछि नै संयुक्त आन्दोलन हुने उनको भनाइ छ । संसद विघटनको विरोधमा केपी ओली पक्षका ९० प्रतिशत सांसदसमेत रहेको अध्यक्ष प्रचण्डले दाबी गरे ।

‘केपीजीसँग भएका ९० प्रतिशत सांसद विघटनको विरुद्धमा छन् भन्ने मेरो जानकारीमा छ, गुटमा भएकाले बोल्न केही समस्या भएको हो,’ प्रचण्डले भने, ‘नेपालमा सकारात्मक ढंगले सोच्ने संविधानको रक्षाका पक्षमा रहेका राम्रो दिमाग भएका व्यक्तिहरु प्रधानमन्त्रीको संसद विघटनको विरोधमा छन् ।’

आफ्नो जेठो सम्धी भरतपुर–७ का नरबहादुर केसीको निधनमा श्रद्धाञ्जली दिन सोमबार चितवन आएका प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न क्षेत्रका समेत भ्रमण गरेका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top