बिराटनगर,जेठ २५
गरिमा विकास बैंक लिमिटेडले ५० औ शाखाका रुपमा विराटनगरमा शाखा बिस्तार गरेको छ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैक लिमिटेडका देशभर ५७ वटा शाखा कार्यालय रहेका छन् ।
बैकले मोबाइल सेवा, एमएमएस सेवा, एटीएम सेवा संचालमा ल्याएको छ । यस्तै बचतमा ९ प्रतिशत ब्याजदर र दम्पत्ति बचतमा पनि सोही ब्याजदर कायम गरेको छ ।
गरिमा विकास बैंकका प्रदेश नम्बर १ मा ८ वटा शाखा कार्यालय संचालमा रहेका छन् । बैकको विराटनगर शाखाको उद्घाटन गर्दे विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले बित्तिय सुशासन कायम गरी सामाजिक उत्तरदायित्व निर्वाह गर्न अनुरोध गरे ।
यस्तै कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले लघु वित्तिय उद्योगहरुको विकासमा बैंकले लगानी गर्नुपर्नेमा जोड दिए ।