‘संविधानतः बहुमतको प्रधानमन्त्रीमा संसद् विघटनको अधिकार’

५ फागुन, काठमाडौँ ।

वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले संविधानतः प्रधानमन्त्रीमा संसद् विघटनको अधिकार रहेको बताएका छन्।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा एमिकस क्युरी रहेका वरिष्ठ अधिवक्ता मैनालीले प्रधानमन्त्रीलाई संविधानको धारा ७६ ले विघटनको अधिकार दिएको तर्क गरे ।

Advertisement

वरिष्ठ अधिवक्ता मैनालीले संविधानमा धेरै कुरा नलेखिए पनि त्यसको आशय हेरिनुपर्ने बताउँदै राजनीतिक प्रणाली अङ्गीकार गरिएको संसदीय व्यवस्थामा संसद् र पार्टीलाई अनुशासनमा राख्न सरकारलाई विघटनको विशेषाधिकार रहने बताए ।

‘संविधानको धारा ७६ को उपधारा ७ को प्रतिनिधिसभा विघटनको अधिकार बहुमतको प्रधानमन्त्रीलाई पनि छ ।’ उनकाे तर्क थियाे ‘सरकार बनाउन कुनै पार्टी तयार भएनन् भने त्यस्तो अवस्थामा सरकारमा रहेको प्रधानमन्त्रीले विघटन गर्ने अधिकार छ । म प्रधानमन्त्री हुँदैन भन्ने गणेशमान सिंहजस्ता मान्छे पनि छन् नि नेपालमा ।’

Advertisement

अर्का एमिकस क्युरी एवम् अर्का वरिष्ठ अधिवक्ता सतिषकृष्ण खरेलले संसदीय व्यवस्था भन्दैमा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नहुने जिकिर गरे ।

उनले संविधानमा प्रस्ट भएको व्यवस्था बाहेक प्रधानमन्त्रीलाई संसद् विघटनको विशेषाधिकार नहुने तर्क गरे । संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा राय दिन पाँच जना वरिष्ठ अधिवक्तालाई एमिकस क्युरीका रुपमा आमन्त्रण गरेको छ ।

सो एमिकस क्युरीमा वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य, गीता सङ्ग्रौला, बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली रहेका छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top