अब यी २९ अस्पतालमा हुनेछ पिसिआर परीक्षण

६ फागुन ७७, बिहीबार

अब २९ अस्पतालबाट पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले पिसिआर परीक्षणका लागि स्थापना गरिएकामध्ये २९ वटा सरकारी प्रयोगशालालाई पिसिआर परीक्षणका लागि तोकेको हो।

Advertisement

पहिले ४९ सरकारी प्रयोगशालालाई पिसिआर गर्न अनुमति दिइएको थियो। यी प्रयोगशालामा मात्रै पिसिआर परीक्षणका लागि सामग्रीलगायतका व्यवस्थापन मिलाउन स्वास्थ्य सेवा विभाग, जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

प्रवक्ता डा गौतमका अनुसार प्रदेश नं १ मा कोशी अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेची अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पिसिआर परीक्षण हुनेछ। त्यस्तै, प्रदेश नं २ मा नारायणी अस्पताल, गजेन्द्र नारायणसिंह अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र वाग्मती प्रदेशमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, धुलिखेल अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल, भक्तपुर अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, भरतपुर अस्पताल, हेटौँडा अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल र सशस्त्र प्रहरी अस्पताल पिसिआर परीक्षणका लागि सञ्चालन हुनेछन्।

Advertisement

यसैगरी गण्डकी प्रदेशमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बागलुङ अस्पताल, लुम्बिनी प्रदेशमा लुम्बिनी अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश जनस्वास्थ्य प्रयोगशाला तथा सुदूरपश्चिम प्रदेशमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला र डडेल्धुरा अस्पतालबाट मात्र अव पिसिआर परीक्षण हुनेछ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top