आईपीएल अक्सन : म्याक्सवेल १४ करोड २५ लाख भारुमा बेंगलोरमा अनुबन्ध

आईपीएल अक्सन : म्याक्सवेल १४ करोड २५ लाख भारुमा बेंगलोरमा अनुबन्ध

६ माघ, एजेन्सी ।
अष्ट्रेलिया आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेल इन्डियन प्रिमियर लिग (आइपिएल) मा महँगो मूल्यमा रोयल च्यालेन्जर्स बेंगलोरमा अनुबन्ध भएका छन् ।

चेन्नईमा जारी अक्सनमा म्याक्सवेललाई विराट कोहली कप्तान रहेको रोयल च्यालेन्जर्स बेंगलोरले १४ करोड २५ लाख भारुमा अनुबन्ध गरेको हो ।

न्यूनतम मूल्य २ करोड तोकेका म्याक्सवेललाई किन्न अक्सनमा किन्न बेंगलोर र चेन्नई सुपर किंग्सबीच कडा प्रतिस्पर्धा भएको थियो ।

चेन्नई उनलाई किन्न १४ करोड सम्म तयार भएको थियो । तर त्यसपछि भने चेन्नई अक्सनमा अघि बढ्न सकेन । चेन्नईसँग अक्सनमा झन्डै २३ करोड मात्र रकम बाँकी छ । म्याक्सवेलले अक्सन अघि आफ्ना आर्दश खेलाडी एवि डी भिलियर्ससँगै खेल्ने इच्छा समेत रहेको बताएका थिए ।

म्याक्सवेललाई पन्जाबले फुकुवा गरेको थियो । गतवर्ष म्याक्सवेललाई पन्जाबले १० करोड ७५ लाख भारुमा अनुबन्ध गरेको थियो ।

त्यस्तै अष्ट्रेलिया कप्तान स्मिथलाई दिल्ली क्यापिटल्सलले २।२ करोड भारुमा भारतीय रुपैयाँमा दिल्ली क्यापिटल्सले अनुबन्ध गरेको छ । न्यूनतम मूल्य स्मिथले २ करोड भारु तोकेका थिए । न्यूनतम मूल्यमा स्मिथलाई किन्न बेंगलोर र पन्जाबले बोली लगाएका थिए । त्यसपछि भने कुनै टोलीले मूल्य नलगाउँदा स्मिथ सस्तैमा विकेका हुन् । स्मिथलाई राजस्थान रोयल्सले फुकुवा गरेको थियो । राजस्थानमा उनले १२ करोड ५० लाख भारु पाएका थिए ।

अष्ट्रेलिया ओपनर आरोन फिन्च अनसोल्ड भएका छन् । इंग्ल्यान्डका ओपनर एलेक्स हेल्स, वेस्टइन्डिजका इभिन लुइस पनि अनसोल्ड भएका छन् । करुण नायर पनि अनसोल्ड भएका थिए । हनुमा विहारी पनि अनसोल्ड भए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.