खोप लगाउने स्वेतपत्र जारी गर्न सरकारसँग कांग्रेस नेताको माग

६ फागुन, काठमाडौँ ।
नेपाली कांग्रेसले कोभिड–१९ विरुद्धको खोप लगाउन स्पष्ट खाका सहितको स्वेतपत्र सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । कोभिड–१९ विरुद्धको खोप लगाउने विषयमा सरकार गम्भिर नभएको भन्दै कांग्रेसले सबै जनतालाई खोपको सुनिस्चितता दिनेगरी कार्ययोजना सहितको स्वेतपत्र सार्वजनिक गर्न माग गरेको हो ।

बिहीबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा कांग्रेस सह–महामन्त्री प्रकाशशरण महतले स्पष्ट खाका सहितको विस्तृत कार्ययोजना सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन । खोप खरिद गर्नुपर्ने खण्डमा खरिद प्रक्रिया पारदर्शी हुनुपर्ने र त्यसको विश्वसनियताको विषयमा जनतालाई सुनिश्चित गर्न जरुरी रहेको पनि बताए । उनले भने ‘खोप खरिद गर्नुपर्ने खण्ड छ भने त्यो खरिद प्रक्रिया पनि पारदर्शी, सुरक्षा र विश्वसनियताको बारेमा पनि नेपाली जनतालाई सुनिस्चित गर्न जरुरी छ । त्यसको सुस्पष्ट खाका सहितको विस्तृत समयकालिन कार्यतालिका सहित, स्रोत सहितको कार्ययोजना सरकारले सार्वजनिक गर्नुपर्छ । यो हामी माग गर्छौं ।’

खोप लगाउने विषयमा सरकार गम्भिर नभएको पनि सह–महामन्त्री महतले बताउनुभयो भारतले १० लाख खोप निःशुल्क दिएको र सो खोप दिन थालिएपनि पारदर्शी कार्ययोजना आउन नसकेको महतको भनाई छ । उनले भने ‘पछिल्लो दिनमा खोप विभिन्न संस्थाहरुले तयार गरेका छन त्यो खोप नेपालमा खोप लगाउने विषयमा सरकार गम्भिर भइराखेको छैन । भारतले १० लाख निःशुल्क दिएको कुरा छ र त्यो खोप दिन थालिएको भनिएको छ । तर पारदर्शी कार्ययोजना आएको छैन । सरकारले प्रस्तुत गरेको छैन ।’

Advertisement

सबैभन्दा पहिला अग्रपंतिमा काम गर्नेलाई पहिलो प्राथमिकतामा राखेर खोप दिने कुरा ठीक भएपनि ज्येष्ठ नागरिकलाई कसरी खोप दिने भन्ने कुराको कार्ययोजना ल्याउन नसकेको बताए । निःशुल्क खोप कहाँकहाँबाट आउँदै छ र रकम तिरेर ल्याउने कार्ययोजना के छ भन्ने विषयलाई सरकारले स्पष्ट पार्नुपर्ने पनि सह–महामन्त्री महतले बताए ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top