कांग्रेस महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने निर्णय

७ फागुन, काठमाडौं ।

नेपाली कांग्रेसको पार्टीको आगामी १४ औँ महाधिवेशन विसं २०७८ भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय भएको छ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले राख्नुभएको उक्त प्रस्ताव केन्द्रीय कार्यसमितिको हिजो बसेको बैठकले सर्वसम्मतिले पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

Advertisement

त्यसैगरी कांग्रेसले गाउँ-नगर वडा अधिवेशन आगामी असार ५ गते, गाउँ-नगरपालिका अधिवेशन असार ७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन १ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ३ गते, एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ६ गते र प्रदेश अधिवेशन साउन १० र ११ गते गर्ने निर्णय गरेको छ ।

कांग्रेसले पार्टीको विधानमा पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरुको पदावधी चार वर्षको रहेको र असाधारण स्थितिमा एक वर्ष थप गर्न पाउने व्यवस्थालाई नेपालको संविधान बमोजिम विशेष परिस्थितिका कारण पाँच वर्षभित्र निर्वाचन हुन नसकेमा छ महिना थप गर्न सकिने व्यवस्था गर्ने निर्णय गरेको छ । उक्त निर्णय पार्टीको आगामी चौधौं महाधिवेशनमा राखिने पार्टी कार्यालयले जनाएको छ ।

Advertisement

बैठकले म्याद समाप्त भएका भारत, अमेरिका, इटाली, जर्मनी, स्पेन, कतार, मलेशिया, न्यूजिल्याण्ड, पोल्याण्ड, चीन, फिनल्याण्ड, आयरलैण्ड, स्वीडेन, स्वीटजरलैण्ड, साउदी अरव, बेल्जियम, जापान र अष्ट्रेलिया, दक्षिण कोरिया, पोर्चुगल, मकाउ, बहराईन, ओमन, फ्रान्स र लग्जम्वर्ग स्थित नेपाली जनसम्पर्क समितिको अवधी समाप्त भएको मितिले आगामी असारभित्र अधिवेशन सम्पन्न गर्ने गरी म्याद थप गर्ने निर्णय समेत गरेको छ ।

बैठकले समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्नु पर्ने अन्तिम अवधि यही फागुन १५ गतेभित्र तोकेको उनले बताए । साथै केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची पार्टीको केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि आगामी जेठ २४ गतेभित्र तोकिएको समेत उनले बताए ।

बैठकले कांग्रेसको विधान बमोजिम क्रियाशील सदस्यता छानविन समितिको संयोजकमा रमेश लेखक र सदस्यहरुमा आनन्दप्रसाद ढुंगाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरीलाई मनोनयन गरेको छ ।

बैठकले प्रतिनिधि सभा विघटनका विरुद्धमा केन्द्रीय कार्यसमितिले घोषणा गरे अनुरुप गत पुस १३ गतेदेखि यही फागुन ३ गतेसम्म विभिन्न तहमा भएका प्रदर्शनमा भएको व्यापक सहभागिताबाट पार्टीले अघि सारेको धारणाका पक्षमा व्यापक जनमत प्रकट भएको ठहर गरेको छ ।

तसर्थ पार्टीको क्रियाशील सदस्यता वितरण र महाधिवेशन तयारीका कार्यहरुलाई असर नपर्ने गरी आन्दोलनलाई निरन्तरता दिंदै कार्यक्रम निर्माण र आयोजना गर्त पार्टी जिल्ला कार्यसमिति एवं विभिन्न तहलाई गर्न निर्देशन समेत दिएको छ ।

बैठकले मुलुकमा महिला उपर हिंसा, बलात्कार र हत्याका घटनाहरु पछिल्लो समय झनै बढेर गएकोमा गम्भीर चिन्ता प्रकट गर्दै बैठकले त्यस विरुद्ध समाजको जागरुकता र राज्यको कर्तव्यमा तदारुकता बढाउन अपिल गर्ने निर्णय गरेको छ ।

साथै यस्ता घटनाका विरुद्ध दवावमूलक अभियानका लागि यही फागुन ८ गते दिनको १ बजे राजधानीको रत्नपार्क (शान्तिवाटिका) मा नेपाल महिला संघद्वारा आयोजित प्रदर्शनमा व्यापक सहभागिताका लागि बैठकले सबैलाई अपिल गरेको छ ।

बैठकले कोभिड-१९ को प्रकोप अझै समाप्त नभएको भन्दै कोभिडको नयाँ भेरिएन्ट नेपालमा प्रवेश हुन नदिनका लागि आवश्यक पर्ने सम्पूर्ण उपाय गर्न सरकारसँग माग गरेको छ ।

बैठकले कोभिड-१९ बाट आर्थिक रुपमा कमजोर भएका आम नागरिकहरु माथि सरकारले हालै गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आम नागरिक झन् मर्कामा परेको उल्लेख गर्दै आम नागरिकको दैनिक जीवनसँग सरोकार राख्ने पेट्रोलियम पदार्थको मूल्य वृद्धि तुरुन्त फिर्ता लिन सरकारसँग माग गरेको छ ।

आजको बैठकमा कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु डा प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, बलबहादुर के.सी., रमेश रिजाल, अर्जुनप्रसाद जोशी, शंकर भण्डारी र ईश्वरी न्यौपानेले आफ्नो धारणा राखेका थिए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top