प्रधानमन्त्रीको समाचार संकलनमा अवरोध भएको भन्दै पत्रकारको विरोध

प्रधानमन्त्रीको समाचार संकलनमा अवरोध भएको भन्दै पत्रकारको विरोध

विराटनगर, जेठ २६
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर १मा गर्ने सम्बोधनको समाचार संकलनमा अवरोध भएको भन्दै मोरङका सञ्चाकर्मीले प्रदेश नम्बर १ को संसद भवन बाहिर विरोध प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार प्रदेश नम्बर १ को संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । उक्त कार्यक्रममा सञ्चारकर्मीलाई प्रवेश नदिइएपछि सञ्चारकर्मीले विरोध गरेका हुन् ।

प्रधानमन्त्रीको समाचार संकलनलागि पाँचजनाको नाम मात्र आएपछि सञ्चारकर्मीले विरोध जनाएका हुन् । उनीहरुले प्रधानमन्त्रीको समाचार आफूहरुले संकलन गर्न पाउनुपर्ने माग गरेका छन् ।

संसद भवनमा प्रधानमन्त्रीले १२ बजे सम्बोधन गरेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.