बङ्गलादेशबाट ल्याइने युरिया पानीजहाजमा लोड

७ फागुन ७७, शुक्रबार

काठमाडौँ : नेपाल सरकारले बङ्गलादेशबाट जीटूजी (सरकार–सरकार) सम्झौताबाट खरिद गरेको ५० हजार मेट्रिक टन युरिया मल नेपाल ल्याउने काम सुरु भएको छ । त्यहाँको कारखानाबाट मल बुझेर पानीजहाजमा लोड गरिएको छ ।

Advertisement

कृषि मन्त्रालयअन्तर्गतको कृषि सामग्री कम्पनी लिमिटेडले ठेक्का लगाएको ढुवानीकर्ता संयुक्त अरब इमिरेट्स (यूएई) को कम्पनी जेन्ट्रेड एफजेडएफले बङ्गलादेशबाट पहिलो लटमा २० हजार मेट्रिक टन मल बुझेर पानीजहाजमा लोड गरिसकेको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख नेत्र भण्डारीले जानकारी दिनुभयो । सो पानीजहाज दुई दिनपछि कलकत्ता बन्दरगाह आइपुग्नेछ ।

त्यहाँ सो युरिया मलको ‘प्याकेजिङ’ हुनेछ अनि मात्र रेलमा हालेर नेपाल ल्याउने उहाँले बताउनु भयो । पहिलो लटमा २० हजार मेट्रिक टन युरिया मल बुझेको र अब विस्तारै बुझ्दै नेपाल ल्याउने काम हुने उहाँले बताउनुभयो ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top